
नेकपाभित्रको लथालिङ्ग अवस्था र व्यवस्था देखेर वाकविधि हुनुभएका लेखक तथा पूर्वसञ्चार मन्त्रीले एउटा अन्तर्वार्तामा कडा अभिव्यक्ति दिनुभएको छ । यो कुरा मतदाता र नेकपाले सुन्नैपर्छ भनेर उहाँका शव्द यहाँ साभार गरेका छौं– ‘इमान’ शब्द, यिनीहरूको भाषण मात्र हो । त्याग, तपस्या र बलिदान जस्ता शब्दहरू यिनको शब्दकोषबाट हराइसकेका छन् । कार्यकर्ता भनेको यिनीहरूका लागि हुक्के, बैठके मात्र हुन् ।
यस्तो दुर्र्गितको आहालमा पौडिने पनि कम्युनिस्ट पार्टी हुन्छ ?
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र), का नेताहरू नेकपा भएपछि लेखपढ छोडेर दानापानीको खिचलोमा लागेछन् । त्यसैले अहिलेको नेपालमा कुनै पनि पार्टीसँग आफ्नो सिद्धान्त, विचार, कार्यक्रम र नीति छैन ।
– प्रदीप नेपाल