
लकडाउनका कारण व्यक्तिको आर्थिक आम्दानीको श्रोत सुकेको छ । भोको पेट भयो भने अपराधिक घटना बढ्नसक्छ, रोक्न मुस्किल हुनेछ । यस्तो अवस्थामा कतिपय विद्रोही समूहमा समेत संलग्न हुनसक्ने जोखिम रहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोख्रेलले चिन्ता प्रकट गरेका छन् ।
जति लकडाउन लम्बिन्ध, अपराधको मात्रा बढोत्तरी हुनसक्छ, पोखरेल भन्छन् । भोको पेटले अपराधलाई जन्म दिने खतरा औंल्याउँछन् उनी । कोरोना संक्रमणलाई न्यूनिकरण गर्न डेढ महिना लकडाउन सकिन लागेको छ । स्वदेशमा बेरोजगार भएका र विदेशमा समेत रोजगारी खोसिएर घर फर्कनेको लर्को व्यापक हुँदै गएको तर्फ इंगित गर्दै उनी भन्छन्– दैनिक ज्यालादारी गर्ने श्रमिक बेरोजगार भइसकेका छन् । साना व्यवसायीहरु, नयाँ व्यवसायी र पर्यटन क्षेत्र बढी प्रभावित भएका छन् । राहत वितरणको राम्रो प्रवन्ध भएको छैन, विद्रोहका स्वरहरु सुनिन्छ । लकडाउन बढे अझ आर्थिक कारोबारमा समस्या हुन्छ । समस्या भनेको बिबाद र मुद्दा हो । जसलाई सल्टाउन झन झन अप्ठेरो स्थिति रहन्छ । काम नहुने, पेट भोको भएपछि चोरी, डकैती, लुटपाट जस्ता अनेक अपराध संलग्न हुने उनको भनाइ रहेको छ ।