Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

राम्रो मान्छेलाई बचाउने अन्जान

२५ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

– पी हमाल
थाइलेण्डबाट फर्केका विरामी ओलीलाई नयाँ दुलहीको रुपमा ढोगभेट गर्न गएकी बुहारी अन्जानले सोधिन्– दाजुलाई के भएको? ओलीले जवाफ दिए: किड्नीमा समस्या छ, निको भएन। aअन्जानले सोधिन्: के गर्नुपर्छ?
डाक्टर भन्छ– किड्नी नै फेर्नुपर्छ।
अन्जानले प्वाक्कै भनिन्– दाजुलाई म दिन्छु किड्नी?
केपी हाँसे। छोरीकी उमेरकी अन्जानले त्यत्तिकै भनेजस्तो लागेछ उनलाई। भाइबुहारी अन्जानले फेरि भनिन्– साँच्चै दाजु म किड्नी दिन्छु।
ओली गम्भीर भए। उनले घरपरिवारमा सल्लाह गर्न सुझाए। अन्जानले माइती चितवनमा रहेका बुवा ध्रुव घिमिरेे र आमा प्रशान्तसँग आफ्नो निर्णय सुनइन्। बाबु पनि एमाले। आमाबाबुले तुरुन्तै जवाफ दिएछन्– राम्रो मान्छेलाई बचाउनु राम्रो काम हो, बचाउ। अन्जानका श्रीमान तारा वलीले पनि यसमा सघाए। आफ्ना लागि त सबैले गर्छन्, अरुका लागि केही गर्नसक्नु ठूलो कुरा हो भन्छिन् अन्जान। आज अन्जानको भनाई छ– देशकै लागि काम लाग्ने मान्छे भनेर मैले किड्नी दिएकी हुँ। यो ०६४ सालको घटना हो। दिल्लीको एपोलो हस्पिटलमा अन्जानको मिर्गौला ओलीको शरीरमा ट्रान्सप्लान्ट भयो। अन्जानको शुद्ध मन, उपकारी भावना ओलीमा देखिनु स्वभाविक पनि छ। आजकल केपी ओली कडा कुरा भन्दा सुल्झेका कुरा बढी गर्छन्। राजनीतिक अस्वस्थ प्रतिस्पर्धाभन्दा स्वस्थ राजनीतिलाई महत्व दिन्छन्। राष्ट्रिय धर्मलाई प्राथमिकता दिनु पनि सायद त्यही मिर्गौलाको प्रतिध्वनी हुनसक्छ भन्छन् ०६४ अघिका ओलीलाई बुझ्ने, देख्नेहरु। यथार्थमा ओली चटनीमार्का नेता थिए, खुब चुट्किला सुनाएर प्रतिपक्षलाई कायल पार्थे, आजकल ओली बढी गम्भीर छन्। हुन त एमालेको कार्यभार झलनाथसँग बुझ्दा नै उनले भनेका हुन्– कमरेडहरु मसँग तपाईहरुको जति लामो जीवन छैन। जीवन बुझेपछि उपकार, समाजसेवा र राजनीतिक धर्मप्रति लगाव हुनु स्वभाविक हो। त्यसै पनि ओली भ्रष्टाचार गर्दैनन्, अव त उनको जीवनमा भ्रष्टाचार कसका लागि गर्ने? भन्ने प्रश्न छ र इतिहासमा केपी ओली भनेर शुद्ध इतिहास लेखियास् भन्ने उनीभित्र इच्छा जागृत भइसकेको हुनुपर्छ। केपी ओलीले बाँकी जीवन राष्ट्रिय एकता, पुनर्स्थापना, नवनिर्माण र स्वाधीनताको रक्षामा लगाइदिए भने त्यो उनको जीवनको सबैभन्दा ठूलो उपलव्धि ठहरिने छ।