
कोभिड १९, कोरोना भाइरसको महामारीको प्रष्ट जानकारी अमेरिकामा राष्ट्रपति, बेलायतमा पहिले प्रधानमन्त्री र अहिले मन्त्री, भारतमा प्रधानमन्त्री र मुख्यमन्त्रीहरु तथा अरु देशमा बरिष्ठ राजनीतिक नेतृत्वले दिनहुँजसो दिने गरेका छन् । यसबाट सरकार गम्भीर छ भन्ने भरोसा जनतामा जान्छ ।
नेपालमा सरकारले प्रधानमन्त्री, मन्त्रीले प्रत्येक दिनेको जानकारी निश्चित समयमा दिन सकिन्न र ?
कोरोनाबारे दिनभर देशमा के के भयो, जनताले सचेतताका लागि के गर्नुपर्छ भन्ने जानकारी प्रधानमन्त्री वा मन्त्रीले दिने व्यवस्था भयो भने आमनागरिकमा सरकारप्रतिको भरोसा बलियो नै हुनेछ ।