
मजदुर, किसान, सहकारी संगठनहरु टाउको लुकाएर भागेका छन् । जब मजदुर र किसानका लागि यस्ता संगठनहरुको आवश्यकता परेको छ, यतिबेला तिनले साथ दिएनन् भने यी मजदुर किसानले मात्र पार्टीका भातृ संगठनहरुलाई पैसा दिएर, सदस्यता लिएर, भोट बैंक किन बनिरहने ? विष्णु रिमाललगायतका मजदुर नेता सिंहदरवारमा छन्, झण्डा हल्लाएर सत्तासुख भोगिरहेका छन्, तर मजदुर र किसान नाङ्गो खुट्टा सडक नापिरहेका छन् । यी भोकानाङ्गा मजदुर किसानको लागि अहिले केही नगर्नेहरुलाई भुइँमान्छेले देखाउने दिन पनि त आउला ।