Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

चीनलाई सेनाको विश्वास

०१ सोमबार , बैशाख २०७७६ बर्ष अगाडि

काठमाडौं । चीन सरकारले सरकारी दरभाउमा नेपाललाई चाहिनेजति मेडिकल उपकरण दिने जानकारी गराइसकेपछि स्वास्थ्य र रक्षा, परराष्ट्र र प्रधानमन्त्रीका सल्लाहकारको मिलोमतोमा प्रान्तीय सरकारसँग डिल गरेर सामान ल्याएपछि कमसल सामान र व्यापक भ्रष्टाचार हुनपुगेको थियो । चीनको दरभाउ र प्रान्तीय सरकारसँग ल्याएको सामानको दरभाउ चिनियाँ दूतावासबाटै चुहिएपछि भ्रष्टाचारको भण्डाफोर हुनपुगेको थियो । त्यसपछि चीनले मेडिकल सामान निकासी गर्न ५ कम्पनीमात्र कायम गरेको छ र कोरोनासँग लड्न चीनका यिनै कम्पनीबाट निशुल्क मेडिकल सामानहरु दिन खोज्दा नेपाल सरकारले चासो नदेखाएपछि चिसो अनुभव गरेको चीनले मेडिकल सामान झिकाउने दायित्व नेपाली सेनाले पाएपछि सहज अनुभव गरेर सामान दिने भएको छ । सेनामार्फत सामान ल्याउँदा बिचौलिया राख्न नपाउने नीति लिएपछि परराष्ट्र र रक्षा मन्त्रालयले ढिलाइ गरिरहेका छन् । भ्रष्टाचारीहरु महामारीसँग लडिरहेको सुरक्षा र स्वास्थ्यमा पनि ¥याल काढ्ने ? 
यसैवीच सेनाका कतिपय विभागमा नेतृत्व परिवर्तन हुने भएको चर्चा बढेको छ । तीनथाले जर्नेल गौरव तण्डुल भोलिदेखि अवकाशमा जाने भएकाले यसमा कसलाई ल्याउने भन्नेमात्र होइन गीतकार आनन्द अधिकारी दुई तारे भएर पृतनापति हुने सम्भाबना देखिएको छ । कतिपय नक्कली प्रमाणपत्रवालाहरु र अनुशासनहीनहरुमाथि कारवाही अघि बढेको बताइन्छ ।