Advertisement Banner
Advertisement Banner

२८ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

हरेक अस्पतालमा स्टल खोल

२४ सोमबार , चैत्र २०७६५ बर्ष अगाडि

काठमाडौं । वैज्ञानिक खोज गरिरहेका र गाउँस्तरसम्मलाई डिजिटल युगमा लैजान प्रयास गरिरहेका महावीर पुनले पीपीई उत्पादन गरिरहेका छन् र कमिशन एजेण्टहरु पीपीईलाई मान्यता दिन रोकिरहेको खबर छ ।
तिनै महावीर पुनले कोरोना बुथ हरेक अस्पतालमा, सकिन्छ भने गाउँस्तरसम्मको स्वास्थ्यचौधीमा खोल्न सुझाव दिएका छन् ।
यस्ता वुथमा जरो नाप्ने र कोरोना लागेको छ छैन भन्ने जाँच्ने गरिन्छ । अस्पतालले जरोका विरामीलाई कोरोना भनेर र कोरोनाका लक्ष्यण देखिएका विरामीलाई कुनै अस्पतालले भर्ना नलिने र फर्काउने समस्या हल हुनेछ । स्मरणीय छ, कोरियाले यही उपायबाट कोरोनामाथि विजय हासिल गरेको छ । ताइवान र हङकङमा समेत यस्तै गरियो । यस्तो विधि अपनाउन सके स्वास्थ्यकर्मीलाई कोरोना नसर्ने, मौसमी विरामीले उपचार पाउने र कोरोनाको आशंका लागेको पहिचान गरेर क्वारेनटाइन अथवा आइसोलेसनमा पठाएर उपचार गर्न सहज हुनेछ । कोरोनाको उपचारमा खटिएका जो कसैलाई साहस र उत्साह पनि प्राप्त हुनेछ ।