इटहरि, स्थानीय एरिना टेलिभिजनमा अन्तर्वार्ता दिन हिडेका सीके राउतलाई गृहमन्त्रीको आदेश गयो, डीएसपी बिनोद शर्माको नेतृत्वमा पक्राउ गरियो। यो १२ गतेको घटना हो। सीके राउतलाई पक्राउ गरिएपछि ५ हजारभन्दा बढी जनताले प्रहरी कार्यालय घेराउ मात्र गरेनन्, सीके राउतलाई छाडिदिए जिउँदै जलाइदिने नारा लगाए। यति ठूलो भीड कसरी, कसले जम्मा गर्यो रहस्य नै थियो। सीके राउत उत्साहित छन्। उनी मधेसलाई छुट्टैराज्य बनाउनु पर्छ भनिरहेका छन् र पहाडीयाविरुद्ध विष बमन गरिरहेका छन्। सीके राउत नेपाललाई 'बेश्या' भनेर गाली गर्छन्, पहाडीयालाई मेधसविरोधी भन्छन्। महाभूकम्पले थिलथिलो भएको मुलुकलाई कसरी नवनिर्माण गर्ने भन्ने समस्यासँग जुध्ने बेलामा सीके राउत देशकै बिखण्डन र बिभाजनको नारा घन्काइरहेका छन्। सुशील सरकार र वामदेव गौतमले हाँकेको गृहमन्त्रालयको शान्तिसुरक्षा सीके राउतलाई पक्राउ गर्छ, अनि छाडिदिन्छ। अदालत पुर्याइन्छ, देशविरोधीमाथि कुनै दण्ड निर्धारण गरिन्न। देशभित्र बसेर देश बिखण्डन गर्नेसँग सरकार किन लुगलुग कामिरहेछ?
रघुनाथ ठाकुर, गज्जुबाबु र सिके राउत
मधेसी जनमत भन्दै यसरी प्रचार हुँदैछ– 'नेपालमा मधेशीको प्रयोग मूल रुपमा तीन किसिमले गरिन्छ। पहिलो, संरचनागत गहनाको रुपमा। दोस्रो करदाता वा सेवादाता (ग्राहक/उपभोक्ता) को रुपमा। तेस्रो, मतदाताको रुपमा। राज्यका सम्पूर्ण निकायहरुमा मधेशीको प्रतिनिधित्व खस्किदो छ। राज्यबाट मधेशी समुदाय टाढिदैछ। कर र मत नियमित बुझाउनु पर्ने तर समानता वा अधिकार कदापि प्राप्त नहुने शासकीय चरित्रका कारण सामुदायिक दुरी बढ्दै गएर मधेश अलगाव तर्फ उन्मुख हुँदैछ। विभेदलाई न्युन नगर्ने तर विभेदका विरुद्ध बोल्नेहरुलाई विखण्डनकारी वा देशद्रोहीको आरोप लगाउनु आफैंमा गलत हो। समानता, समन्याय र विभेदरहित समाज निर्माण नग181न्जेल अलगाववादको राजनीति निमूर्ल हुँदैन। २४७ वर्षदेखिको योजनाबद्ध शासनका विरुद्ध नबोल्ने नेपाली मिडिया, अधिकारकर्मी र नेताहरु सहि अर्थमा विखण्डनवादी हुन्। मधेश र मधेशीप्रतिको नीति, नियति, कार्यशैली र परिणाममा सुधार आउन सकेन भने मधेशमा पाइलापिच्छै रघुनाथ ठाकुर, गज्जुबाबु र सिके राउतहरु भेटाउलान् नेपाली सरकार र मिडियावालाहरुले।' यस्तो धमास मधेसीहरुबाट निस्कन थालेको छ। जब कि राष्ट्रप्रमुख नै मधेसी मूलका छन् र मधेसीहरुले सबै क्षेत्रमा हकाधिकार स्थापित गर्दै गएका छन्। मधेसीभन्दा पनि सिमान्तकृत जातजातिहरु छन्। तिनका बारेमा मधेस बोल्दैन, पटक्कै वास्ता गर्दैन्। राजनीतिक दल र तिनका नेताहरु हुन् यी। यिनीहरु महाभूकम्पको प्रलय आउँदा कुन कुनामा लुकेर बसेका छन्। यिनीहरु राष्ट्रिय नेता हुँ भन्छन्, यिनको राष्ट्रिय दायित्व लुक्नु हो।


