Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

ओली र प्रचण्डको फर्मानमा कहाँ छन् गरीव, मजदुर, सर्वहारा ?

१५ शनिबार , चैत्र २०७६६ बर्ष अगाडि

१. अर्को निर्देशन नआएसम्मका लागि पार्टी तथा पार्टी निकटका जनवर्गीय संगठनहरुका तर्फबाट बैठक, भेला, सदस्यता नवीकरणलगायत सबै प्रकारका कार्यक्रमहरु स्थगित गर्ने।

२. कोरोना भाईरसको संक्रमणबाट जोगिन नेपाल सरकार र सरकारका अधिकारप्राप्त निकायहरुबाट गरिएका लक डाउनलगायतका सम्पूर्ण निर्णय, आह्वान र अपिललाई आफूले पूर्णरुपमा पालना गर्ने र पालना गर्नका लागि आमजनसमुदायमा सन्देश प्रवाह गर्ने। स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थालगायत राज्यका आधिकारिक निकायहरुसँगको समन्वयमा सचेतना, पूर्व तयारी र सहयोगका लागि स्वयम्सेवकको भूमिकामा परिचालित हुने।

३. कोरोना भाईरसको संक्रमणबाट जोगिन आफूले नियमित रुपमा साबुन पानीले हात धुने वा गुणस्तरीय सेनिटाईजरले हात सफा गर्ने, मास्क प्रयोग गर्ने, भीडभाडमा नजाने, खोकी वा हाछ्युँ लागेमा कुईना वा टिस्यूपेपरले मुख ढाक्ने, अन्य व्यक्तिसँग कम्तीमा तीन फिटको दुरीमा रहनेलगायतका सतर्कताका तरिकाहरु अपनाउने। परिवार, छरछिमेकी तथा आमजनसमुदायलाई पनि तदनुरुप नै सतर्कता अपनाउन प्रेरित गर्ने, सघाउने।

४. हवाईमार्ग वा स्थलमार्गको प्रयोग गरी विदेशबाट आएका कुनै पनि व्यक्तिलाई १४ दिनसम्म सेल्फ आईसोलेशन वा क्वारेन्टाईनमा रहन प्रेरित गर्ने, सघाउने।

५. कोरोना भाईरसको लक्षण देखिएको व्यक्ति वा लक्षण देखिएको व्यक्तिसँगको सम्पर्कमा आएको व्यक्तिका बारेमा नजिकको स्वास्थ्य संस्थालाई सूचना दिने। त्यस्ता व्यक्तिको यात्रा अभिलेख र कन्ट्याक्ट ट्रेसिङ तयार गर्ने र राज्यका अधिकार प्राप्त निकाय वा नजिकको स्वास्थ्य संस्थालाई उपलब्ध गराउने। त्यस्ता व्यक्तिको स्वास्थ्य परिक्षण र उपचार कार्यमा सघाउने।

६. सरकारी निकाय, प्रदेश सरकार र स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रयोगशाला, अस्थायी उपचार केन्द्र, क्वारेन्टाईन लगायतका पूर्वाधार निर्माण गर्न र तिनका लागि आवश्यक सामाग्री तथा स्वास्थ्य उपकरण जुटाउन सहयोग गर्ने।

७. कोरोना भाईरसको भयावह सङ्क्रमणबाट जोगिन नेपाल सरकारले एक हप्तासम्म लक डाउन गर्ने निर्णय गरेको छ। समस्या फैलिन नदिन सरकारले यसलाई अपरिहार्य उपायका रुपमा अवलम्बन गरेको छ। अनेक कठिनाईका बाबजूद सरकारको यो निर्णय तथा आह्वानलाई साथ दिनु र सफल तुल्याउनु प्रत्येक नेपालीको कर्तव्य हुन आएको छ। तसर्थ सरकारको यो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सक्रिय भूमिका निर्वाह गर्ने।