भूकम्पले ध्वस्त पारेको मुलुकको नवनिर्माणका लागि नयाा सरकार बनाउनैपर्छ भन्ने राजनीतिक धारणा बलबती बनेको छ। ठूला राजनीतिक दलहरु नयाा सरकार निर्माण गर्ने गृहकार्यमा जुटिसकेका छन्। सबै मिलेर महाभूकम्पले गरेको बिनासलीलाबाट आक्रान्त सामाजिक जीवनलाई ब्यूाताउनु, उठाउनु र जागरुक पार्ने बेलामा नयाा सरकारले मात्र राहत, उद्धार, पुनर्स्थापना र नवनिर्माण गर्नसक्छ भन्ने राजनीतिक आग्रहले जनतामा आक्रोस त बढाएको छ तर सबै राजनीतिक सहमति हुन्छ भने, नवनिर्माणमा साझा राजनीतिक इच्छाशक्ति र प्रतिवद्धता रहन्छ भने ठिकै छ नि त भन्ने धारणा विकास भइसकेको छ। सम्भवतः जनताले सधैं साथ दिए, यति ठूलो विनासलीला खपेर पनि राजनीतिक नेतृत्वलाई साथ दिएका छन्। अव पनि राजनीतिक नेताहरुले धोका नदिउन्, जनताको साथ दिउन्।
महाभूकम्पले उदाङ्गो पारेको यथार्थ भनेको राहत र उद्धारमा विभेद हो। पुनर्स्थापना र नवनिर्माणमा पनि यस्तै पक्षपात हुन्छ कि भन्ने आशंका जनताको मन मनमा छ। जनता जीवन बााच्न सकसबाट उठ्न सकिन्छ, राज्य र राजनीतिले सघाउाछ भन्ने आशाको किरण लिएर भग्नावेशष बनेका गाास, बास, कपासलाई टुलुटुलु हेरेर पर्खिरहेको छ। ती जनतालाई साथ दिने यही बेलामा हो। जनतालाई यतिखेर राजनीति होइन, राहत चाहिएको छ, सहयोगी हात र समर्थन चाहिएको छ। राज्य चाहिने, राज्यले अभिभावकीय दायित्व निर्वाह गरेको देखिने यस्तै बिपतका बेलामा हो। अहिले राज्यप्रति नकारात्मक भाव जनताको मनमा पस्यो भने त्यो लोकतन्त्रकै लागि दुर्भाग्यपूर्ण हुनेछ। किनकि जनता उठ्दैन, उठेपछि कसैलाई पनि छाड्दैन। किनकि जनता सहनशील छन्, असह्य भएपछि कसैलाई बााकी राख्दैन।
नयाा सरकार भूकम्पग्रस्त राष्ट्र निर्माणका लागि सर्वौषधि नै हो भन्ने धारणाका साथ राजनीतिक दलहरु अगाडि बढेका छन्। नयाा सरकारको रुपरेखा तैयार गर्ने गृहकार्यमा जुट्दा जनताको सेवा गर्ने समय खेर गइरहेको छ। छिटो गर, राजनीतिक धरापमा पर्ने बेला होइन यो। भूकम्पले देशै धााजा पारेको छ, धरापमा पुर्याइदिएको छ। यी धााजा र धरापबाट देशलाई उकास्ने राजनीतिक नेतृत्वले नै हो। अहिले सफल हुनसकेन भने राजनीति कहिले पनि सफल हुनसक्दैन। त्यसो त ०६३ सालदेखि आजसम्म राजनीतिक नेताहरुले सत्ताकै भागबण्डामा समय बिताए, जनतालाई मर्माहत पारे। अव समय आयो, केही गर्ने। समय यही हो, जनताको मन जित्ने। जनता हुनसम्मको पीडामा छन्, जनता बर्बाद भएका छन्। जनता बर्बाद हुादा देशको आर्थिक स्थिति धरासायी हुनु स्वभाविक हो। जता हेरे पनि भूकम्पको मार, भूकम्पको बिनासलीला। यो बिनासबाट विकासमा अगाडि बढ्ने हो, राष्ट्रिय जीवनलाई जिवन्त पार्न राजनीतिले क्षमता देखाउन थालिहाल्नु पर्छ।


