Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

बाबुरामको भिजिनरी नेतृत्व ओली

१८ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

कस्ता दिन आए, डा. बाबुराम भट्टराईले केपी ओलीलाई नेता मानेर उनीबाटै नवनिर्माण प्राधिकरणको नियुक्तीपत्र बुझ्नुपर्ने दिन आउन लागे। पुननिर्माण प्राधिकरणको नेतृत्व पाउनु भनेको राजनीतिक खम्बा हुन पाउनु भन्ने परेको छ बाबुरामजीलाई। प्रचण्डले विशेष अधिवेशनमार्फत नेतृत्व छाड्ने घोषणा गरिसकेको सन्दर्भमा बाबुरामजीलाई पार्टीभित्र बलियो पकड निर्माण गर्ने अवसर यही प्राधिकरणले दिनेवाला छ। यही स्वार्थका लागि ओलीलाई भिजिनरी नेतृत्व मान्न बाबुराम तैयार भएको हुनुपर्छ। एमालेभित्र भिजन छ कि छैन? एमालेको नेतृत्व हुन् केपी ओली। एमाले सरकारमा पनि छ। सरकारमा भएको एमालेले केही लछारपाटो लगाउन सकेन भनेर बिरोध गर्ने एमाओवादीले त्यही एमालेका अध्यक्ष ओलीलाई कसरी भिजिनरी देखे? बुढो हुँदै गएका बाबुरामको आँखा धमिलो भएको त होइन? प्रचण्ड र बाबुराम निकट भएका छन्, घर–घरमा जान थालेका छन्। केपी ओली प्रधानमन्त्री हुनासाथ भिजिनरी नेतृत्व पनि हुने, राष्ट्रिय एकताका साथ संविधान बन्ने निश्चित छ त? यसबारेमा एमाओवादी खुलस्त देखिदैन। सुशील कोइरालालाई हटाउनु एकसुत्रीय एजेन्डा देखिन्छ एमाओवादीको। सुशील कोइरालालाई हटाउनु भनेको प्रचण्ड र बाबुराम अनि एमाओवादीको फलिफाप हुनेरहेछ।