Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

प्रचण्डको जिब्रो लटपटिएकै हो?

१८ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

हामीले राष्ट्रिय सरकार खोजेका होइनौं: प्रचण्डको मुखारबिन्दबाट निस्केको शव्द यही हो। ओलीको नेतृत्वमा सर्वदलीय सरकार बनाउन कस्सिएका प्रचण्ड कोठाभित्र स्पष्ट छन् र सार्वजनिक रुपमा लरबराएका छन्। प्रचण्डको जिब्रो किन बाहिर लटपटिएको होला? राजधानीमा सरकार फेर्न दौडधुप गर्ने प्रचण्ड गोरखाको आरुघाट पुगेर किन बोली फेरेका हुन्? के उनी सरकार फेर्न चाहन्छन् र आफूले फेरेको होइन भनाउन पनि खोज्दैछन्? के उनी सरकार फेर्न चाहन्छन् र आफूले फेरेको होइन भन्ने भनाउन र देखाउन खोज्दैछन्?
यिनै प्रचण्ड भनाई छ: राजनीतिक दलहरुवीच नयाँ संविधान निर्माणमा सहमति जुट्छ भने राष्ट्रिय सरकार गठन गरेर जान सकिन्छ। डा.बाबुराम भट्टराई भिजिनरी नयाँ नेतृत्व भनिरहेका छन्, प्रचण्ड संविधान र राष्ट्रिय एकताका लागि नयाँ सरकार भन्दैछन्, र, केपी ओलीको घरमा धाउन थालेका छन्। केपी ओली प्रधानमन्त्री हुनासाथ भिजिनरी नेतृत्व पनि हुने, राष्ट्रिय एकताका साथ संविधान बन्ने निश्चित छ त? यसबारेमा एमाओवादी खुलस्त देखिदैन। सुशील कोइरालालाई हटाउनु एकसुत्रीय एजेन्डा देखिन्छ एमाओवादीको। सुशील कोइराला हटाउन र ओलीलाई प्रधानमन्त्री बनाउनासाथ एमाओवादीको राजनीतिक रणनीति पूरा हुने विश्वास छ प्रचण्डलाई। प्रचण्डका लागि सहयोगी बनेका छन् ५ माओवादी र ३० दलीय मोर्चाका सहयात्रीहरु। यो मोर्चाका मधेशवादीलाई सत्ता नभई भएको छैन। त्यो सत्ता सरकार परिवर्तनबाट मिल्ने निश्चित बनेपछि भूकम्पपीडिततिर हेर्न छाडेर मधेसी नेताहरु प्रचण्डको पछि लागिरहेका छन्। थुप्रै राजनीतिक धारमा हार खाएका प्रचण्डलाई यसपटक सफलता मिलिहाल्ला कि? नेपाली कांग्रेसभित्र लोभीपापी राजनीति त छ तर कांग्रेस यति सजिलै प्रचण्डको जालोमा परिहाल्ला भनेर चिताउनु पनि कमजोरी हुनेछ। स्मरण गर्नुपर्छ: एक त कांग्रेस सत्तामा छ, अर्को निर्वाचित ठूलो दल पनि हो। सजिलै धुलो चटाउन सकिएला?