Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

पत्रकार महासंघको भारत शाखा गठन

१८ सोमबार , जेठ २०७२१० बर्ष अगाडि

नयाँदिल्ली– ज्येष्ठ १८, छिमेकी मुलुक भारतमा लामो समय यतादेखि पत्रकारिता क्षेत्रमा क्रियाशील नेपाली मुलका दुई दर्जन्ा भन्दा बढी पत्रकारहरुको सामुहिक पहलमा नेपाल पत्रकार महासंघ भारत च्याप्टरको एक कार्यक्रमका वीच विधिवत गठन गरिएको छ।  भारतबाट प्रकाशित हुादै आएको नेपाल आवाज दैनिकका सम्पादक लोकेश शाह आर्यनको अध्यक्षतामा नवगठित पत्रकार महासंघ भारत च्याप्टरको उपाध्यक्ष, महासचिव सचिव, सहसचिव, कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमस देवेन्द्र कुँवर, आकांक्षा शाह, गोविन्द पोखरेल, देवेन्द्र केसी, हिमशिखर र वि.के कृष्णा रहनु भएको छ।  
त्यस्तैगरि शाखा सदस्यहरुमा गणेश विक, अर्जुन खनाल, विश्वास शाह, केशवराज पोखरेल र तपेन्द्र धामी रहेका छन भने सल्लाहकार तथा प्रवन्धकमा क्रमस भेषराज पौडेल, बावु रोका, बावुराम थापा र खुम गुरुङ रहेका छन। त्यस्तै पत्रकार महासंघ भारत च्याप्टरको घोषणा गर्दै नेपाल पत्रकार महासंघकी उपाध्यक्ष अनिता विन्दुले प्रवासमा महासंघको शाखा विस्तार गर्ने क्रममा ढिलै भएपनि छिमेकी मुलुकमा महासंघको शाखा विस्तार हुनु आफैम्ाा महत्वपूर्ण संकेत भएको बताउँदै अवका दिनमा महासंघ भारत शाखाले विधानत पत्रकारहरुको वर्गीय मुद्धाको सम्बोधन गर्दै प्रवासमा रहेका आम नेपालीको सूचनाको हकबाट सुसुचित हुने अधिकारलाई संस्थागत रुपमा कार्यान्वयन गर्ने विस्वास व्यक्त गर्नु भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमार्डौ शाखाका उपाध्यक्ष श्रीजन झाले महासंघको भारतमा शाखा विस्तार हुनु  सञ्चार क्षेत्रमा नयाँ आयामको सुभारम्भ भएको बताउँदै महासंघको विधानत निर्दिष्ट लक्ष्य प्राप्तिको अलावा वर्गीय मुद्धा र दुई देशवीच विधमान रोटी र वेटीको सम्बन्धलाई अझ प्रखररुपमा सञ्चारजगतको तर्फबाट कार्यान्वयन गर्ने आशा व्यक्त गर्नु भएको थियो।  
त्यस्तै नवगठित भारत शाखाका अध्यक्ष लोकेश शाह आर्यनले त्यस अवसरमा महासंघको विधानत लक्ष्य प्राप्ति तर्फ आफ्नो भरमग्दुर प्रयास जारी रहने प्रतिवद्धता सहित नेपालमा महाभूकम्पबाट प्रभावित बनेका पत्रकार साथीहरुको सहयोगार्थ हरसंभव प्रयासको थालनी गर्ने उदघोष गर्नु भएको थियो। कार्यक्रममा पत्रकार काठमाडौंका केन्द्रीय प्रतिनिधि तथा नेपाल पत्रकार मञ्चका उपाध्यक्ष योगेन्द्र प्रताप शाहीले शाखाको गठनको प्रारम्भिक तयारीको स्मरण गर्दै नवगठित शाखाको सफलताको कामना गर्नुभएको थियो भने पत्रकार प्रविन श्रेष्ठ, लक्ष्मण पन्थी लगायतका पत्रकारको उपस्थिति रहेको थियो। यसैवीच पत्रकार महासंघ भारत शाखाको घोषणासभा पछि महासंघको भारत शाखा तथा नेपाल आवाज  दैनिकको सयुक्त आयोजनामा भारतमा रहेर नेपाल भूमिको विकास एवम् यहाँको पर्यटन प्रवद्धनको लागि योगदान गर्नु भएका विभिन्न व्यक्तित्वहरुलाई विधागतरुपमा गरिमा एवार्ड २०७२ बाट सम्मानित गरिएको छ।  
भारतका लागि नेपालको राजदुत दीपकुमार उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा महामहिम राजदुत उपाध्यायले उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रस्तुत एर्वाडका माध्यमबाट दुई देश वीचको सम्बन्धलाई थप प्रगाढ बनाएको प्रसंग उल्लेख गर्दै शिक्षाक्षेत्र तर्फ एसपी मेमोरिएल शिक्षा निकेतनकी अध्यक्ष लक्ष्मी बराल, कला सिने जगततर्फ वरिष्ठ निर्देशक निर विक्रम शाह, वरिष्ठ इन्जिनिएर विष्णु प्रसाद बराल, आर्थिक क्षेत्रतर्फ एभरेष्ट बैकका अध्यक्ष विके श्रेष्ठ, त्यस्तै गरि मोर्डन इरा टुर टाभल्सका अध्यक्ष केशव अधिकारी र संस्थागत तर्फ एभरेष्ट बैक र वरिष्ठ भारतीय राजनितिज्ञ तथा नेशनल कााग्रेसका महासचिव डिवि त्रिपाठी लगायतका विशेष व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो। कार्यक्रम नेपाल आवाज समूहका अध्यक्ष देवेन्द्र कुँवर अध्यक्षतामा सम्पन्न्ा भएको थियो। त्यस अवसरमा नेपाल भारतको कला संस्कृति  झल्कने विविध सास्कृतिक कार्यक्रम समेतको प्रदर्शन गरिएको थियो।