नरेन्द्र पसाई र इन्दिरा प्रसाईले नई प्रकाशन खोलेर र त्रिमूर्ति निकेतन स्थापना गरेर mभतभयचष्अ कगअअभकक प्राप्त गर्नुभएको छ
वाङमयजस्तो क्षेत्रमा केही गर्छौं भनेर लागेको यो जोडीले सरकारी नेपाल प्रज्ञा प्रतिष्ठान र अन्य गुठीहरुभन्दा पनि सम्मानित ख्याती प्राप्त गरिसकेको छ ।
नइको र त्रिमूर्ति निकेतनको एउटै विशेषता हो– निष्पक्षता । लुकेर रहेका प्रतिभाको खोजी र तिनलाई सार्वजनिकीकरण गर्नु । पुराना र नयाँ प्रतिभा सबैलाई समेट्नु, वाङमयमा लागेका प्रतिभाहरुलाई प्रोत्साहन दिनु । सरकारले चाहेको भए योभन्दा धेरै ठूला ठूला काम गर्ने सक्ने थियो । तर साहित्य, कला, संगीतलगायतका जता पनि राजनीतिकरण गर्ने र आफ्ना मान्छेलाई भर्ती केन्द्र बनाउन चाहने नेताहरुका कारणले निजीक्षेत्रमा खटिएका नइ दम्पत्तिले जे जति योगदान गरेका छन्, त्यो आश्चर्यजनक नै हो । वाङमयमा लागेका हरेक व्यक्तिका लागि नइ र त्रिमूर्ति निकेतन मन्दिर बनेको छ । नइलाई अझ प्रगति गर्न गराउन लागिपरेका सबैजना स्तुत्य छन् । नइ दम्पत्ति रहलान् नरहलान्, तर बाङमयमा बाँचिरहनेछन् ।
वाङमयको विकासमा सर्जक र सिर्जनाको जुन कदर गरिरहेका छन् नइले त्यो चित्ताकर्षक छ नै, डा.सत्यमोहन जोशीलाई शताब्दी पुरुष घोषणा गराउन सरकारलाई समेत बाध्य पार्ने जुन सफलता हासिल भएको छ, त्यो ऐतिहासिक कार्य हो ।
माघ २४ गते त्रिमूर्ति निकेतन सञ्चारग्राममा त्रिमूर्ति पुरस्कार, शताब्दी पदक र कृति लोकार्पणसहितको लोमहर्षक कार्यक्रम सम्पन्न भएको छ । वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले राजधानी काठमाडौमा विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गर्नुभयो । त्यस अवसरमा शताब्दी पुरूष डा.जोशीले आधुनिक कथा र उपन्यास सृजनाका माध्यमबाट नेपाली भाषा साहित्यलाई देशदेशान्तरमा पु¥याई लोकप्रिय तुल्याएवापत नेपाली साहित्यका विशिष्ट साधकद्वय श्रीमती गीता केशरी र पद्मावती सिंहलाई संयुक्त रूपमा ‘नेपाली साहित्य नारीरत्न’ पुरस्कार प्रदान गर्नुभयो । ताम्रपत्रका साथै यो पुरस्कारको राशि एक लाख रूपियाँ रहेको छ ।
यसै गरी ‘सम र समका कृति’ मार्फत नाट्यसम्राट् बालकृष्ण समको महत्वपूर्ण दस्तावेज लेखनका साथै साढे सात दशकदेखि नेपाली भाषासाहित्यको सेवामा मन, वचन र कर्मले समर्पित भई अति विशिष्ट योगदान गरेबापत नेपाली साहित्यका महारथी प्रा.डा.तारानाथ शर्मालाई एक लाख रूपियाँ राशि सहित बालकृष्ण सम पुरस्कार प्रदान गरिएको छ ।
वाङमय शताब्दी पुरूष डा.जोशीले शताब्दी पुरुष सत्यमोहन जोशीको उचाइ अभिवृद्धिका लागि समर्पित प्रसिद्ध कलाकार श्री राजन काफ्ले, समाजसेवीद्वय श्रीगोपाल महर्जन र चिनियाँराज श्रेष्ठलार्ई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गर्नुभयो । त्रिमूर्ति निकेतनले हालसम्म नेपाल लगायत २५ राष्ट्रका २२६ जना महानुभावलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिसकेको छ ।
शताब्दी पुरूष डा.जोशीले त्रिमूर्ति निकेतनको भौतिक सम्भार र संरक्षणमा विशेष योगदान पु¥याएबापत मोहनकृष्ण सापकोटा र डण्डुराज घिमिरेलाई त्रिमूर्ति सम्मान प्रदान गर्नुभयो । सोही समारोहमा शताब्दी पुरूष डा.जोशीले महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीबाट लेखिएको ‘नरेन्द्रराज प्रसाईको जीवनीकृति मेरी आमा भागीरथा प्रसाई ः समीक्षात्मक विमर्श’, नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईबाट सम्पादित ‘राष्ट्रकविको सय वर्ष’, नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘शताब्दी पुरूषको सय वर्ष’ र ’मेरी आमा भागीरथा प्रसाई’ नामक जीवनीकृतिको लोकार्पण गर्नुभयो । कार्यक्रम त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा भएको सो समारोहमा वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, ‘सत्यमोहन जोशी शताब्दी महोत्सवका संयोजक प्रा.डा.उषा ठाकुर, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, डा.मोदनाथ प्रश्रित, प्रा.राजेन्द्र सुवेदी, प्रा.ठाकुर पराजुली, प्रा.डा.गार्गी शर्मा, मदनदास श्रेष्ठ, यादव भट्टराई र त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले आआफ्ना मन्तब्य दिनुभएको थियो । यही कार्यक्रममा निकेतनका कोषाध्यक्ष उषा शेरचनले कविता वाचन पनि गर्नुभएको थियो ।