Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

विदेशीले हात हाल्ने र आफ्नो नामको छाप हान्ने मौका नपाउन्

१४ बिहिबार , जेठ २०७२१० बर्ष अगाडि

rajeshwor devkota
सर्वप्रथम तपाई पत्रकारबन्धुहरुलाई ससम्मान धन्यवाद दिन चाहन्छु। जसले अहिले वास्तवमा आफूलाई चौथो अङ्गको रुपमा स्थापित गर्‍यो। यस प्रसङ्गमा हाम्रा सुरक्षा निकायरुलाई धन्यवाद दिन चाहन्छु। आफ्नो सुरक्षा बल प्रति देशवासीको सम्मान र भरोसा बढेको छ। हामीले व्यापक रुपमले पाइरहेको सहानुभूति र सहयोगका लागि सबै मित्र देशहरुप्रति आभार प्रकट गर्नु पर्छ। यो चौतर्फी सहानुभूति हामीले परम्परादेखि अहिलेसम्म अंगिकार गरेको वैदेशिक सम्बन्धको परिणाम हो भनी मान्न चाहन्छु। यस प्रसङ्गमा यस परम्पराका प्रवर्तक दूरदर्शी बडामहाराजाधिराज पृथ्वीनारायण शाहको स्मरण अर्चना गर्नु उपयुक्त हुनेछ।
देशको सम्मान गुमिरहेको, जनताको जीवनस्तर खस्किरहेको स्थितिमा भयावह आकस्मिक विपत्ति आइलागेको छ। यस्तो असाधारण स्थितिको सामना गर्नु परिरहेको बेलामा पनि जसले आफूलाई जिम्मेवार राजनीतिक दलहरु भनिरहेका छन्, तिनीहरु सत्ताको विवादमा अल्भि्कएका छन्। जति बेला पनि आफ्नो स्वार्थ खोज्ने, आफ्नो दलको स्वार्थ हेर्ने संकुचित मनोवृत्तिका व्यक्तिहरु र यी राजनीतिक संस्थाहरुबाट जनताले भरोसा गर्ने आधार क्षीण हुँदै गएको छ। यिनले आम जनताको, विज्ञ विचारक र चिन्तकहरुको समर्थन निरन्तर गुमाउँदै जान थालेका छन्। कुनै पनि संस्कार, आचार विचारबाट निर्देशित नभएकाहरुको आलोचना गरेर समय बर्बाद गर्नु हुँदैन। यो विपदबाट राष्ट्र र नेपाली जनतालाई मुक्ति दिलाउन सक्ने एक बलियो सरकार चाहिएको बेलामा राष्ट्रिय सरकारको अर्थहीन नारा अघि सारेर आआफै प्रधानमन्त्रीको दाउ हेर्ने र सत्तापक्षर प्रतिपक्ष मिली खाने यिनको नियत जनताले बुझे होलान्। देशलाई माथि उठाउन सक्ने प्रतिवद्ध एउटा बलियो राष्ट्रवादी सरकार त चाहिएको छ तर यिनले भने जस्तो दलीय सरकार होइन।
शासन सत्ताबाट अपेक्षा नगरी अहिले नेपाली समाज राहत र उद्धारका लागि आफै परस्पर एकतावद्ध भएर लागेको छ, युवाहरु स्वतस्फूर्त संठित भई विपदमा परेका जनताको उद्धार तथा राहत संकलन रवितरणमा लागेका छन्। आमूल परिवर्तनका लागि यसलाई ठूलो उर्जाको रुपमा ग्रहण गर्नुपर्छ। यसबाट आफैमा एउटा भरोशा पलाएको छ। हामीलाई एकातिर जनधन गाँस, बास उजाड भएको जनताको पीडाले बिह्वल पारेको छ। आर्कोतिर यो मौका छोपी सहायताको खोलमा भइरहेको सांस्कृतिक आक्रमणको बिभिषिकाले हामीमा मानसिक विप्लव खडा गरिदिएको छ। मौका मिल्यो कि खोल ओढाई दिने र मुटु झिकिदिने कुचक्र गत पच्चिस वर्षदेखि चलिरहेको छ। अहिले जनधन छिया छिया भएको, जमीन चिरा चिरा परेको छिद्रमा आक्रमणकारीलाई छिर्न लुक्न अझ अरु सजिलो भएछ। यी नेपालको परिचय निःशेष गर्न उद्योग गर्दैछन्।
यसबेला हामीले आफ्नो परिचय धान्नका लागि लड्नु परिरहेछ। यो विपत्ति माथि महाविपत्ति हो। यस्तो बेला सरकार कस्तो छ– विदेशीको आगमन नियन्त्रित गर्ने आफ्नो भिषा अफिस नै विदेशीलाई सुम्पने षडयन्त्र गर्दो रहेछ। नेपालीले माग्दै नमागेको धर्मनिरपेक्ष नेपालीको थाप्लोमा बजारीदिने षडयन्त्र गर्न त भ्याई नै सकेको छ। सरकार नै नेपालको विपत्ति भएको छ। यो त पिलर खस्किएको पच्चिस तले घर जस्तै हल्लिरहेको छ। त्यस्ता घर लडेर किचिएला भनि थर्कमान भई बसेका टोलटोल छन्, अग्ला घर तुरुन्तै प्राथमिकताका साथ भत्काउनु पर्नेछ। नभत्काए आफै भत्किन्छन्। टोलका टोल ध्वस्त पारिदिन्छ। त्यस्तै यो विपत्ति सरकार पनि आफै ढल्दा देशको धन जन सम्पदा धर्म संस्कृति सबै ध्वस्त पारिदिन्छ। यसलाई जनशक्तिले भत्काउनु पर्ने थियो। तर त्यो शक्ति अहिले आफूसित नभएकाले छटपर्टी गुहार खोजिरहेको छु। यो मेरो मन्तव्य होइन विलाप हो। यस्ता विलाप गरि बसेका सबै राष्ट्रप्रेमी आफ्ना पीडित दाजुभाईको आँसु पुछन र प्राण धानी दिन एवम् आफ्नै विशिष्ट परिचय बचाउन एक होउँ। यो मेरो दारुण क्रन्दन हो।
यस देशको सांस्कृतिक सम्पदाको जीर्ण उद्धार गरी दिन्छौं भनी जुरमुराउनेहरुबाट सावधान रहनु परेको छ। पुर्षाहरुले बनाई दिए, हामी जीर्ण उद्धार पनि गर्न  सक्दैनौं? यो सरकार त जीर्ण उद्धार गरिदिने जिम्मा कसैलाई दिन पाए सन्चो मान्ने खालको छ। हामी सावधान होउँ, यस्तो काममा विदेशीले हात हाल्ने र उनले आफ्नो नामको छाप हान्ने मौका नपाउन्। राष्ट्रिय सरकारको माग गर्नेहरुले प्रधानमन्त्री सुशील कोइरालाको कुर्ची ताकेको हो। तर प्रधानमन्त्री आफै राष्ट्रिय सरकारको प्रस्ताव गर्न थाल्नु भएछ। के यो राष्ट्रिय सरकारको नाममा आफू पन्छिने बेला हो कि, आफू बलियो भएर विपत्तिको सामना गर्ने? एकातिर धूर्तहरु अर्कातिर लुतुरे प्रधानमन्त्री? यो संसदीय परिपाटीको सम्पूर्ण संरचना नै विपत्तिको बन्डलजस्तो भएको छ। जसलाई हामी निरीह भई हेरिरहौं कि नेपाली मान्छे जस्तो भइ देखियौं। यो भनाईलाई देवकोटाको रुन्चे आक्रोस भन्ने पनि हुनेछन्। हो, बेला यस्तै छ। राष्ट्रवाद उपर हाँसी रहेछन्, नेपाली जनतासित ठट्टा गरिरहेछन्। राष्ट्रवादी भावना मडारिएर नउर्लिएसम्म यिनको पारा यस्तै रहिरहन्छ। किनकि यिनका पछाडि ठूला आइएनजीओ छन्। आइएनजीओले उक्साएका परिवर्तनकारी पार्टीहरु छन्। त्यस्तो पार्टीहरुले चलाएको सरकार छ। यो सरकार कहिले कतै ढल्केको देखिन्छ त कहिले कतै। कसैले यसलाई आफ्नो खुट्टामा उभिएको देखेन। त्यसैले निस्वार्थ सहायता दिन चाहनेहरु हच्किएका छन् जस्तो देखिन्छ। यसै प्रसंगमा विदेशमा रोजगारीका लागि गएका नेपाली युवाहरुले देशमै फर्केर निर्माणमा योगदान दिनुपर्ने अवस्था आएको छ। विदेशमा रहेका युवाहरुलाइ फिर्ता बोलाएर राष्ट्रको पुर्ननिर्माणमा लगाउने विषय आर्थिक हिसावले चुनौतीपूर्ण भए पनि यो हाम्रो बेलाको बाध्यता भएको छ। विदेसिएका युवाहरुलाई हामीले फिर्ता बोलाएनाैं भने हामीसँग देश निर्माण गर्ने युवा जनशक्तिको अभाव हुनेछ। भ्रष्टाचारलाई मात्र रोक्ने हो भने पनि हामी लाखौ नेपाली युवालाई राष्ट्रको उत्थानका लागि काममा लगाउन सक्छौं। म विदेशमा रहेका युवाहरुलाई स्वदेशमा फर्किन आह्वान गर्दछु। शासन सत्ता चलाउनेहरु पंगु भइसकेका छन्। देशको सम्मान, सम्पत्ति बेची बदनाम कमाउनु प्रजातन्त्र वा लोकतन्त्रको उद्देश्य थिएन। बदनाम भएकाहरुबाट नेपाली जनताले मुक्ति खोज्ने बेला यही हो। एक सवल राष्ट्रवादी नेपाली समाज कायम गर्नका लागि कसैले त आफूलाई समर्पित गर्र्नैपर्छ, आफ्नो आहूति दिनैपर्छ। त्यसका लागि म अग्रसर छु भनी समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरु र खासगरी युवा बर्गमा अपिल गर्न चाहन्छु। युवाहरु आफै अग्रसर भइदिए भने त मलाई झन उनका पछि पछि दौडने उर्जा र उत्साह जाग्नेछ।
मैले भनेँ– जुन देशको शासन चलाइरहेछौ, जसका लागि संविधान लेख्न चाहन्छौ, त्यस देशको भूगोलको नक्सा देखाऊ। आचार, धर्म र संस्कृतिको रुपरेखा पेश गर। तर यी विषय त  ियनका एजेन्डाभित्र नै रहेनछन्। यो त जनतालाई जवाफ दिनु नपर्ने लोकतन्त्र रहेछ। अब त जवाफ माग्ने प्रसङ्ग नै समाप्त भएको छ। आफ्नो विशिष्ट परिचय गुमेको देश रहँदैन भन्ने मूलमन्त्रको स्मरण सबैले गरौं। आमूल परिवर्तनका लागि म आफूलाई आहूति दिन तत्पर छु। त्यसका लागि समर्थ पनि छु भनी पुनः दोहोर्‍याउन चाहन्छु।