Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

संविधानसभा बिघटन गर्ने?

१५ मंगलबार , पौष २०७११२ बर्ष अगाडि

'सहमति पनि नगर्ने, प्रक्रियामा गएर संविधान निर्माण पनि गर्न नदिने हो भने संविधानसभा बिघटन गर्ने?' यो नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको प्रश्न हो। अप्ठेरोमा हलो अड्काएर गोरु चुट्ने चालले नयाँ संविधान कहिले पनि बन्दैन, पौडेलको दावी छ। तर पौडेलको दावीलाई एमाओवादीले खारेज गर्दै अन्तिम पटक वार्ता तथा सहमति समितिमा पुगेर सहमतिको प्रयास गर्नु उचित हुन्छ भनिरहेका छन्। कांग्रेस र एमालेले राखेको ७ प्रदेशसहितको प्रस्ताव एमाओवादी र उसको २२ दलीय मोर्चालाई अपच भएको छ। 
यसैवीच कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले अन्तिम प्रयास मै गर्छु भनेर वार्ता थालेका छन्। सुशीलको सुस्त चालले र उनको बुढ्यौलीका कारण उनले २२ दलीय मोर्चालाई मनाउन सक्ने विश्वासमा एमाले देखिदैन। एमाओवादी बुझ्नै चाहदैन भने कसरी बुझाउन सकिन्छ? एमालेको प्रश्न छ। हो, एमाओवादीले जति संख्या, नामाकरण, पद्धतिमा सहमति जनाउने हो भने संविधानसभामा सहमति बन्न सक्छ। त्यो गर्ने हैसियत र ताकत सुशीलसँग छैन। 
अव के हुन्छ? अन्यौल जारी छ। कांग्रेस र एमाले प्रक्रियामा गएर संविधान बनाउने साहस नगर्ने हो भने संविधानसभा असफल हुनेछ। माघ ८ को साइत दिनदिनै घर्किदै जाँदो छ। एमाओवादीले आफ्ना भातृ संगठन र जाति संगठनहरुलाई जातीय संघीयता दिन्छु भनेकाले ऊ अप्ठेरोमा छ। एमाओवादीको अप्ठेरो बुझेर संविधान निर्माणलाई प्रक्रियामा लानु उचित हुनेछ। हो, जोखिम छ। एमाओवादी र उसका २२ दलीय मोर्चाले अस्वीकार गरिदियो भने त्यो वैधानिक र व्यवहारिक नहुन सक्छ। त्यसो भन्दैमा वार्ता, सहमतिको प्रयास भन्दै अरु कति समय लङ्घ्याउँदै जाने, राजस्व लुटिरहने? नैतिक प्रश्न पनि छ।