Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

डा.रुइत र कूलमान घिसिङ सम्मानित

१४ सोमबार , पौष २०७६६ बर्ष अगाडि

काठमाडौं, पुस ११ गते । उपभोक्ता मैत्री व्यापार गरिरहेको साल्ट टे«डिङ कर्पोरेशनले समाजमैत्री निर्णय गरेर आँखा र देशको उज्यालोका प्रतीक रहेका डा.सन्दुक रुइत र कूलमान घिसिङलाई ‘हेमबहादुर मल्ल’ सम्मान प्रदान गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको सहयोगमा नेपाल जनप्रशासन संघद्वारा स्थापित यो सम्मान समाजमैत्री मानिएको छ । पुरस्कारको राशी जनही २ लाख रहेको छ ।
डा.सन्दुक रुइत बरिष्ठ आँखा चिकित्सकमात्र होइनन्, विश्वमै आँखाको ज्योति भनेर नाम राख्न सफल व्यक्तित्व पनि हुन् । दैनिक १८ घण्टाको लोडसेडिङलाई मुक्त पारेका मात्र होइनन्, नेपाल विद्युत प्राधिकरणलाई ७ अर्वभन्दा बढी मुनाफामा लैजान र विद्युतको खपत बढाउन उपभोक्तालाई आग्रह गर्ने कुशल प्रशासक, प्राविधिक पनि हुन् कूलमान घिसिङ ।
राजधानीमा आयोजित एक भव्य कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले यो पुरस्कार र सम्मान दोसल्ला ओढाएर कदरपत्रसहित प्रदान गरेका हुन् । 
समारोहहरुमा उपस्थित हुने तर कम बोल्ने उपराष्ट्रपतिले यो समारोहलाई संवोधन गरेका थिए । उनले मन खोलेर यी दुई व्यक्तित्वको प्रशंसा यसरी गरेका थिए– घिसिङ र डा रुइत जस्तै सबै इमान्दार र कर्मठ भइदिए देश बन्न समय लाग्ने थिएन । सबै प्रशासक, कर्मचारी, नेता यस्तै इमान्दार र निःस्वार्थ भइदिए देश स्वर्ग बन्ने थियो । जिम्मेवारीमा रहेका कर्मचारीहरुले नैतिकता र जिम्मेवारी कहिल्यै नभुलौ । प्रशासकले इमान्दार भएर काम गर्ने हो भने देशमा महत्वपूर्ण परिवर्तन ल्याउन सकिने रहेछ, एकजना चिकित्सक इमान्दार भए सर्वसुलभ स्वास्थ्य सेवा दिन सकिने रहेछ भन्ने कुरा प्रस्ट भएको छ, देशमा सेवारत सबैले उहाँहरुबाट शिक्षा लिनुपर्दछ ।
चौतिस वर्ष साल्ट ट्रेडिङमा काम गरी २५ वर्ष महाप्रबन्धक जिम्मेवारी सम्हालेका हेमबहादुर मल्लले संस्थालाई पहिचान योग्य बनाएका भनेर कार्यक्रममा स्मरण गरिएको थियो । हेमबहादुर मल्लको २०५७ सालमा निधन भएपछि २०५९ देखि सम्मान थालिएको हो । यसअघि यो सम्मानबाट महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुंगाना, खिलराज रेग्मी, देवेन्द्रराज पाण्डे, चाँदनी जोशी, केदारभक्त माथेमा, डा विमल कोइराला, डा भगवान् कोइराला, अम्बिका श्रेष्ठलाई प्रदान गरिएको थियो ।