Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

मणवर्ष सफल पार्ने नागरिक

०७ सोमबार , पौष २०७६६ बर्ष अगाडि

काठमाडौं । डाँफे टीभी डट कम बाट निरन्तर रुपमा सरकार र नेताहरुलाई नैतिक हुन र जिम्मेवारी पूरा गर्न झकझक्याइरहने व्यक्तिको नाम हो प्रेमसागर पौडेल । यो व्यक्ति प्रशंसा होइन, जसले माटोको चिन्ता गर्छ र जुनसुकै बेला माटो हातमा लिएर सोच्छ, बोल्छ, त्यो सच्चा देशभक्त हो, गोरखा एक्सप्रेस माटोवादी पत्रिका भएकाले यस्ता व्यक्तिहरुको प्रशंसा गर्न र अझ उत्साहित पार्न पछि पर्दैन । 
पछिल्लोपल्ट इण्डोप्यासिफिक रणनीतिबारे कडा आलोचना गरिरहेका छन् । नेपालको संविधानभन्दा माथि पार्न यो नीति आएकोमा उनको आपत्ति छ । प्रधानमन्त्रीले पास गर्ने अभिव्यक्ति दिएकामा पनि उनले आलोचना गरेका छन् । देशहितबारे बहस हुनुपर्छ भनेर उनी चिच्याइरहेका छन् । सत्तारुढ दलभित्रै ठूलो रडाको मच्चिएको छ यो विषय ।
यद्यपि सत्तारुढ दलसँग दुईतिहाइ मत भएकाले संसदमा जाला, पास होला तर यो कार्यले देशलाई असंलग्नताबाट च्यूत राउने साजिसको काम गर्नेछ । एकचीन नीति र समुदुरी तथा पञ्चशीलको सिद्धान्त मान्ने नेपालको नीति सिद्धिने छ ।
सरकारले झारा टार्नेगरी नेपाल भ्रमण वर्षको घोषणा गरे पनि नागरिक स्तरमा हुनुपर्ने प्रयास भइरहेको छैन ।
एनआरएनएले भन्दा पनि राम्रो काम एक व्यक्ति प्रेमासगर पौडेलले गरेका छन् । उनका अनुसार एउटा मंगोलियमा मात्र वर्षेनी ५० लाख चिनियाँहरु भ्रमण गर्छन्, नेपाल त चीनको क्षिमेकी मुलुक हो । चीनले बिआरआईलाई अघि बढाउन नेपाललाई अति महत्व दिएको छ र त्यो चीनले नेपाल भ्रमण गर्न आफ्ना नागरिकलाई प्रोत्साहन दियो भने नेपालले सन २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्य पूरा हुनसक्छ भन्ने बुझेर नै प्रेमसागर पौडेल नेपाल भ्रमणवर्षको सन्देश बोकेर चीन गइरहने गर्छन् ।
हालै उनले भनेका छन्– जनस्तरबाट नेपाल भ्रमणको निम्तो दिने काम गरेको छु । एकसयजना बुद्ध अनुयायीहरुको डफ्फाले नेपाल भ्रमण बर्षको शुरुआतमा नेपाल भ्रमण गर्नेछन् । यसपछि अन्य चिनियाँलीहरुले नेपाल भ्रमण वर्षमा नेपाल भ्रमणको चाँजोपाँजो मिलाउने विश्वास पनि लिएको छु । चीनबाट यसो भन्दै गर्दा प्रेमसागर पौडेल चिनियाँहरुमाझ नेपाल भ्रमण वर्षको उद्देश्य र चीनले नेपाल किन भ्रमण किन गर्नुपर्छ भन्ने विषयमा भाइचाराको प्रचारप्रसागर गर्दै थिए ।
प्रेमसागर पौडेल र काओलियान जुहभन्ने संस्थाका प्रमुख मि, वाङ फुसँग भेटवार्ता गर्दैछन् । फु चीनको अन्तर्र्रािष्ट्रय बुद्धिष्ट एसोसियशनको अगुवा रहेछन् । फुको नेतृत्वमा चीनको विभिन्न गुम्बाबाट सम्लग्न एकसय जना धार्मिक गुरुहरुको टोलीले नेपाल भ्रमण गर्नेछ । प्रेमसागर पौडेल नेपाल चीन सम्बन्ध विकासमा मात्र होइन, अन्र्तराष्ट्रिय पारस्परिक सम्बन्ध विकासमा पनि महत्वपूर्ण भूमिका खेलिरहेका छन् । वर्षेनी हुने थिङ्क टेंक बैठकमा पनि आफ्ना धारणा राख्न चीन जाने गर्ने व्यक्ति पनि हुन प्रेम सागर पौडेल ।
प्रेमसागरको विशेषता के छ भने चीनमा पुगेर अभिव्यक्ति दिदा र चीनका महत्वपूर्ण पदाधिकारहिरुसँग भेटवार्ता गर्दा नेशन फष्ट भन्ने विषय कहिले बिर्सदैनन् र चीन रिसाए पनि चीनका गलत नीतिको आलोचना पनि गर्छन् । देशभक्ति भनेको लम्पसार नै पर्नु होइन, देशका विषयमा जुनसुकै अवस्थामा पनि चिन्ता र चासो राख्नु र यही आधारमा देशका विषयहरुलाई अघि बढाउनु पनि हो । यही काममा लागेका देखिन्छन् प्रेमसागर पौडेल ।