Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सभासद भन्छन्– 'सिस्नो खाउ'

११ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

सिन्धुकोटका सभासद शेरबहादुर तामाङ जनतालाई सिस्नो त मिठो हुन्छ, त्यही खाएर बाँच्नुपर्छ भनेर राजधानीबाट भूकम्पपीडितलाई सुझाव दिइरहेका छन्। यी कस्ता नकचरा सभासद हुन्? सिन्धुपाल्चोकको सिन्धुकोटलाई मेलम्ची नगरपालिका बनाइयो। भूकम्पले व्यापक क्षति पुर्‍याएको मेलम्ची नगरपालिकाको सिन्धुकोटमा अहिलेसम्म राज्य पुगेको छैन, राहत–उद्धार–निर्माण कता हो कता? २८ जना भूकम्पमा परेर मरे, सयौं घाइते भएका छन्। र, जनताको चिल्लीबिल्ली भइरहेको छ। उनीहरु भन्छन्– राहत आउँदैन, बस्न घर छैन, कसरी बाँच्ने? शेरबहादुर तामाङ छन् सभासद। यी तामाङ अहिलेसम्म यो क्षेत्र गएका छैनन्। नगरपालिकामै पुगेन सरकारः सभासदले भने, 'राहत आउँदै गर्छ, सिस्नु खाऊ! ज्यान बचाउ।' यी यस्ता सभासद हुन् जो निर्वाचित भएपछि आक्कलझुक्कल निर्वाचन क्षेत्र गएका छन्। जनतासँग बोल्दैनन्, केही काम पनि गरेका छैनन्। कुनै संस्थाले राहत बोकेर गए भने जान्छन्, मैले पठाएको भन्छन् र फर्किहाल्छन्। यस्ता सभासद संविधानसभामा कति छन् कति? के हिसावकिताव गर्नु र? नालायकहरुलाई मत दिने जनताले अव त सिकुन्।