Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पहाडीयाविरुद्ध विष बमन गर्ने राष्ट्रिय पार्टी

११ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

सरिता गिरी: पूर्वमन्त्री पनि हुन्। उनले ट्वीट गरिन्– पहाडीयालाई तराईमा पुनर्वास गराउन हुँदैन, गृहयुद्ध हुनसक्छ। सिंगो मधेस पहाड, हिमालमा महाभूकम्पले पुर्‍याएको क्षतिमा गाँस काटेर सहयोगी हात बढाइरहेको छ, तर पूर्वमन्त्री बनिसकेकी सरिता गिरीले ट्वीट भाइरस यसरी फैलाइन् कि मानौं तराई सरिता गिरीको माइतीको दाइजो हो। सरिता गिरीले मधेसको भावना, नेपाली एकतालाई नराम्ररी खलल पुर्‍याउने भावना फैलाएकी छिन्। यसकारण सरिता गिरी साम्प्रदायिक बनिन भन्न सकिन्छ। भूकम्पपीडित क्षेत्रका थुप्रै गाउँहरु बस्न नसकिने अवस्थामा छन्। तिनको स्थानान्तरण तत्काल जरुरी छ। तिनलाई पहिलेका भुटानी शरणार्थी क्याम्प वा माओवादी जनसेनाका शिविरहरुमा राख्न सकिन्छ। त्यतिले नपुगे तराईका अन्य क्षेत्रहरुमा पनि बसोबास बसाल्नैपर्ने आवश्यकता छ। भूकम्पपीडित कहाँ जान वा नजान चाहन्छन्, भन्न सकिन्न। तर सरिता गिरीले भूकम्पपीडितलाई तराईमा बसोबास गराउनु गलत छ भनिन्, यस्तो मानवीय कार्यलाई पनि 'मधेश विरोधी' भनिन्।
पहाडका मान्छे तराईमा वा तराईका मान्छे पहाड जानु भनेको विदेशीकरण गर्नु होइन। ती सबै नेपाली हुन् सरिता गिरीलाई चेतना भया। यी सरिता गिरी तिनै हुन् जो बुद्ध भारतमा जन्मेका हुन् भनेर नेपालविरुद्ध प्रचार गरिन्। अहिले पहाडीयाविरुद्ध मधेसका वितृष्णा फैलाउन थालेकी छिन्। धेरै नेपालीले लेखे– सरिता गिरीलाई मानसिक अस्तपाल लैजानु जरुरी भएछ। देशका अखण्ड भूभाग नेपाल हुन्। ५४ हजार बर्गमाइलको नेपालमा कुनै पनि नेपाली कहीँ पनि बसोबास गर्नसक्छ। त्यसमा पनि महाभूकम्पको विपत्तिमा एक नेपालीले अर्को नेपालीलाई सघाउने हो, यसरी अपमान गर्नु एक नेपाली हुँ भन्नेको न धर्म बन्छ, न कर्म, न राजनीति नै। आज भूकम्पको केन्द्र पहाड बन्यो, भोली तराई पनि पर्न सक्छ। तराईमा बाढी आउनसक्छ।

विपत्तिमा सबै नेपाली हातेमालो गरेर अघि बढ्नुपर्छ। सरिता गिरीले जस्तो एकांकी, दुर्भावना फैलाएर होइन। सरिता गिरीले किन त्यो जनआवाज सुनिनन्, जुन मधेसमा बढी घन्किरहेको छ– हिमाल, पहाड, तराई, कोही छैन पराई।
स्मरणरहोस्, सरिता गिरीको जन्मस्थान भारत हो। नेपालीसँग बिहे गरेकै कारण आज सरिता गिरी नेपाली नागरिक भएकी हुन्। मन्त्रीसम्म भइन्। कतै सरिता गिरीको शरीरमा रहेको भारतीय रगत त यतिबेला नेपालीविरुद्ध बोलिरहेको होइन? उनी रुपले राम्री छिन्, रुपभित्र विचार राम्रो रहेनछ। अरु कुनै पार्टीले सरिता गिरीलेजस्तो साम्प्रदायिक भावना फैलाइसकेका छैनन्। एक मधेस एक प्रदेश हुनुपर्छ, नत्र एक नेपाल रहन्न भन्ने महन्थ ठाकुरले समेत अमानवीय कुरा बोलेनन्। मात्र सीके राउत र सरिता गिरीको लोली र बोली मिलेको छ। यी दुबै नेपाल टुक्य्राउन एक भएछन् कि के हो?  सद्भावना पार्टी आनन्दीदेवी पार्टी चलाएकी सरिता गिरीलाई राज्यले, राजनीतिक बर्गले इटाको जवाफ पत्थरले दिन जरुरी छ। एक नेपाललाई टुक्य्राउने र विरोधमा बोल्ने अधिकार सरिता गिरीलाई कसले दियो?