Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

गाउँ गाउँमा 'ओवामा हाउस'

०४ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

नेपालमा गएको महाभूकम्पको खबर लिइरहेका अमेरिकी राष्ट्रपति बाराक ओवामाले नेपालका भूकम्पपीडितहरुलाई जस्तोसुकै सहयोग गर्न चाहेको बताएका छन्। यसैवीच अमेरिकी हेलिकोप्टर दुर्घटना भयो, मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली दिदा पनि ओवामाले सहयोगी हात बढाएका छन्। र, सहायकमन्त्री निशा विश्वाल देसाईलाई नेपालमै पठाएर ओवामाले नेपालमाथि परेको प्राकृतिक प्रकोपबाट बच्न, बचाउन राष्ट्रपति ओवामा हृदयदेखि नै सहयोग गर्न तैयार रहेको जनाउ दिएकी छिन्।
चीन र भारतले जस्तोसुकै जतिसुकै सहयोग गर्न तैयार रहेको खबर आइसकेको छ। अमेरिका पनि सहयोग गर्न तैयार हुनु भनेको नेपालले मित्रहरु राखेको रहेछ भन्ने प्रमाण हो। विश्वशक्तिहरु यसरी नेपालमा जुनसुकै रणनीतिक हिसावले आएको भए पनि आफ्नो सार्वभौमिकताको रक्षा गर्दे उनीहरुको सहयोगबाट लाभ लिनसक्ने खुबी हाम्रो सरकार र संसदसँग हुनुपर्‍यो। दिनेले दिन चाहेर के गर्ने? कसरी लिने? हाम्रो सरकारसँग पुनर्स्थापना र पुननिर्माणको कुनै योजना तैयार भएकै छैन। अमेरिका, भारत, चीनमात्र होइन, विश्वका अनेक मुलुक, मनकारीहरु नेपालीलाई सहयोग गर्न, घर बनाइदिन तैयार छन्। हामी जिल्ल परेर बसेका छौं। यो सडकमा, चउरमा, बारीमा, खुला आकाशमुनी जीवन गुजारा गरिरहेका नेपालीको दुर्भाग्य हो। आपत आयो, आपातकालीन रुपमा सरकारले काम गर्न सकेन।
बरु अमेरिकाबाटै भूकम्प प्रतिरोधक घरका नमूना आएको छ। त्यसमा अमल गर्ने हो भने पीडितहरुले छिटो छानासहितको ओत पाउनेछन्। गाउँ गाउँमा ओवामा हाउसहरु देखिने छन्। देश छ, देशवासी पनि छन्। देश र देशवासीलाई बचाउने समयमा बचाइयो भने राजनीति जति गरे पनि भएन र?