Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

चर्चमा रामरामको कोलाहल

०४ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

वैशाख १२ गतेको महाभूकम्पले धक्काले चर्चमा एकैचिहान भएर ७५ जनाको मृत्यु भयो। सीतापाइलास्थित मुक्तिको दर्शन मण्डलीमा ४८ र कपन, सरस्वतीनगरस्थित सुककोठ प्रार्थना भवनमा २६ र अन्य १ गरी ७५ जना प्रार्थनास्थलमै किचिएका थिए। नेपालमा शनिवार विदा हुन्छ र विदाका दिन विश्वासीहरु चर्चमा भेला भएर प्रवचन सुन्छन्, प्रार्थना गर्छन्। १२ गते शनिवार परेको थियो। लोकतन्त्रपछि नेपालभरि नै चर्चहरु बढेका छन्। ३० लाखभन्दा बढीले धर्म परिवर्तन गरेका छन्। महाभूकम्पमा मृत्यु हुनेहरु अरु विश्वासीहरु कति छन्, तथ्यांक आइसकेको छैन। चर्चा के सम्म आयो भने प्रार्थना गरिरहेका बेलामा भूकम्प जाँदा पाष्टरले 'म प्रभू यशुलाई भनेर भूकम्प रोकिदिन्छु, भाग्न पर्दैन' भनियो। कुनै चर्चमा ढोका लगाएर भाग्न दिइएन। कुनै कुनै चर्चमा 'प्रभू यशुले बचाउनु हुन्छ, भाग्न पर्दैन' भनियो। यसका जिवित प्रमाण छन् विक्रम लामा। सीतापाइलाको चर्चमा थिचिएर ९९ घण्टापछि यिनको उद्धार गरिएको थियो। उनले भने– पाष्टरले डराउनु पर्दैन, प्रभू यशुले विश्वासीहरुलाई बचाउनु हुन्छ भनेका थिए। तर, चर्चहरुबाट जो भाग्दै थिए, जो थुनिएका थिए, जो कोलाहल गरिरहेका थिए तिनीहरुको मुखबाट राम, राम, नारायण, नारायण निस्किरहेको थियो।
यसबाट के थाहा हुन्छ भने धर्मपरिवर्तन गर्दैमा मन, मुटु परिवर्तन हुन नसक्ने रहेछ। जो जन्मजात क्रिश्चियन भयो, उसमा यस्तो नहोला। तर ०६३ साल भदौमा जन धर्मनिरपेक्षताको घोषणा गरियो, त्यसपछि जुन गतिमा धर्मपरिवर्तन गर्ने काम भइरहेको छ। त्यो कोरा रहेछ। धर्म परिवर्तनले मान्छेभित्रको विश्वास परिवर्तन नहुनेरहेछ। यो ज्ञान धर्मपरिवर्तन गराउने क्रिश्चियनहरुले पनि महाभूकम्पपछि राम्ररी बुझेको हुनुपर्छ। तैपनि क्रिश्चियनहरु सचेत भएनन्। धेरै क्षति हुने थियो, प्रभू यशुले बचाइदिए भन्दै देशभरिका विश्वासीहरुलाई राहत बितरण गरिरहेका छन्। चामलको बोरामा बाइबल बितरण भइरहेको छ। पाटन अस्पतालभित्रै बिरामीलाई बाइबल बाँडेको घटना ठूलै मुद्दा बनेको छ। नुवाकोट, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेतिर पनि राहतका बोरा जसजसले पाए, तिनीहरुलाई एकथान बाइबल पनि दिइएको छ। विपत्तिमा सेवा, त्यो पनि धर्म प्रचारकै माध्यमबाट? नेपालको अन्तरिम संविधानमा धर्म परिवर्तन गराउन पाइने छैन भनेर लेखिएको छ। व्यवहारमा क्रिश्चियनहरु धर्म प्रचार, परिवर्तन गराइरहेका छन्। धर्मनिरपेक्षताको घोषणा गरेर राजनीतिक दलहरुले क्रिश्चियनलाई धर्मपरिवर्तन गराउने लाइसेन्स दिएजस्तो भएको छ। ९० प्रतिशत हिन्दू भएको मुलुकमा हिन्दूहरु यो सब चर्तिकला हेरेर, सहेर बसिरहेका छन्। यति ठूलो शोक परेको बेलामा पनि लोभलालच देखाएर क्रिश्चियन बनाउने क्रम बढेको छ भन्छन् बौद्ध, हिन्दू गुरुहरु। यसैवीच क्रिश्चियन महासंघका महासचिव सीवी गहतराज निकट व्यक्तिका अनुसार संगठित रुपमा विपत्तिमा परेका विश्वासीहरुलाई सहयोगमा जुटिरहेको बताएका छन्।