काठमाडौं– २०१६ मा सम्पन्न हुनुपर्ने ५८ किलोमिटरको थानकोट, कुलेखानी, हेटौंडा सुरुङमार्ग २०१९ सकिन लाग्दा प्रधानमन्त्रीको मुखबाट बल्ल यसको नाम आयो ।थानकोट नौबिसे सुरुङ (सिस्ने खोला) उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी ओलीले त्यहींबाट भनेका छन्– अव थानकोटबाट सिधै हेटौंडा सुरुङ मार्ग । यो सुरुङमार्ग बन्ने नबन्ने कुनै थर ठेगाना केही पनि छैन ।
थानकोट हेटौंडा सुरुङ मार्गले फाइदै फाइदा दिन्छ भनेर आमनागरिकले घरखेत, गाईबाख्रा बेचेर लगानी गरे । २७ करोड खर्च भयो, म्याद सकियो, काम सुरु नै भएन । यसका हर्ताकर्ता थिए नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी । उनीपछि एनआरएनएका अध्यक्ष भवन भट्ट आए । तैपनि कसैले यो सुरुङ मार्ग बनाउनतिर ध्यान दिएनन् ।
आमनागरिकको लगानीमा व्यापक भ्रष्टाचार भयो, भइनै रह्यो ।
नयाँ सञ्चालक आएका छन्, प्रवक्ता बनेका भीमार्जुन अधिकारीले सरकारसँग म्याद थप गरिदिन आग्रह पत्र लेखेर राजनीतिक दबाब दिइरहेको खुलासा भएको छ । यो कम्पनी अहिले पनि आफन्तलाई भर्ति गर्ने, सदस्य हेरफेर गरिरहने काममै व्यस्त छ । जनताको लगानी सुरक्षित गर्ने आधार सरकारले खोजबिन गर्न सकेको छैन । कागजी घोडा खुब दौडेको छ, भ्रष्टाचार भइनै रहेको छ ।
भ्रष्टाचारको उदाहरण बनेको छ काठमाडौं– हेटौंडा सुरुङ मार्ग । भ्रष्टाचारबाट तर्सेर ९ करोड लगानीकर्ता एनआरएन भवन भट्ट समेत सञ्चालकबाट हटेका छन् र लालकृष्ण केसी अध्यक्ष बनेको खबरपछि यो आयोजना कागजमा सिमित हुनपुगेको छ । ०६९ मा गठन गरिएको कम्पनीले कागजमा मात्र देखिन्छ ।
कुशकुमार जोशी अध्यक्ष बनेर आफूले लगानी गरेको ३० लाखको दशौंगुणा उठाएर गए । मन्त्री विक्रम पाण्डेको १० लाख, जयराम लामिछाने, प्रदीपजंग पाण्डे र सकुन्तला हिराचनको १०–१० लाख फसेको छ । यी सबे अरवपति हुन् । चिन्ता हेटौडा–थानकोट क्षेत्रका आमनागरिकको हो । जसले आफ्नो पेट काटेर सानो सानो लगानी गरे । गरीवको लगानीको जिम्मा सरकारले लिनुपर्छ र यो आयोजनामा भएको भ्रष्टाचारीमाथि कारवाही हुनुपर्छ भन्छन् आमनागरिक ।
यो आयोजना नबन्ने भए सरकारले जनताको पैसा फिर्ता गर्नुपर्छ ।


