जातीय पहिचानसहितको राज्य दिन्छु भन्नेहरु महाभूकम्पको विपदमा परेकाहरुलाई राहतका नाममा एउटा पाल, पानी र चामलसमेत लिएर गएनन्। कुन दुलोमा लुके यी जातीय राज्य दिन्छु भन्नेहरु? जातीय राज्य त राजनीतिक चालबाजीमात्रै रहेछ भन्ने राम्ररी बुझे जनताले। जनजाति आन्दोलनका अध्यक्ष हुन् पद्मरत्न तुलाधर। महासचिव छन् ओम गुरुङ। संसदमा संकल्प प्रस्ताव पास गरेपछि एमाओवादीले संकल्प पूरा गर्न र महाभूकम्पको प्रलयसँग मुकाविला गर्न राष्ट्रिय सरकार चाहिन्छ भनेपछि एकाएक पद्मरत्न तुलाधर र ओम गुरुङहरु दुलोबाट बाहिर निस्केका छन् र उनीहरुकले मागेका छन्– विपतको सामना गर्ने राष्ट्रिय सरकार चाहियो, हामीलाई पनि सरकार र परामर्श समितिमा सहभागी गराउनु पर्यो। यिनको बक्तव्य आन्दोलनमा लेखिएको छ– सरकारले डेरामा बस्ने जनजातिको ६ महिनाको भाडा तिरिदिनुपर्यो, सिमान्तकृत समुदायको एकवर्षको गाँसबासको व्यवस्था सरकारले गरिदिनुपर्छ। पद्मरत्न र जातिवादी ओम गुरुङको यो वक्तव्य क्रान्ति हो।


