नेकपाका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख वामदेवगौतमले सरकार सञ्चालन आलोपालको सहमति भएकै हो भन्ने खुलासा गरेर मन्त्रिमण्डल पुनर्गठन कि प्रधानमन्त्री परिवर्तन भन्ने नयाँ बहस सुरु गरिदिएका छन् ।
वामदेवले सरकार गठन र पार्टी एकताका बेलामा प्रचण्ड र ओलीवीच आलोपालो सहमति भएकै हो । ओलीपछि अव प्रचण्ड प्रधानमन्त्री बन्नेछन् भनेपछि नेकपाभित्र नयाँ सरगर्मी सुरु भएको छ । पछिल्लो समय ओली र वामदेववीच घनिष्ट सम्बन्ध देखिने गरेको छ । वामदेवबाटै यस्तो खुलासा भएपछि साँढे २ वर्ष सत्ता सञ्चालन गर्दे रहेका ओलीे केही महिनामै प्रचण्डका लागि प्रधानमन्त्री पद छाड्नुपर्ने अवस्था विकसित हुनथालेको देखिन्छ । प्रचण्ड पनि सत्ता सञ्चालनका लागि हतारिएका र नकारात्मक टिप्पणीप्रति आक्रोसित देखिदै आएका छन् । वामदेवको कथनले प्रचण्डलाई सन्चो दिलाएको हुनुपर्छ ।राजनीतिक र नेकपा बृत्तमा ओलीको स्वासथ्य र उनको सरकार सञ्चालनमा समीक्षा गरेर अघि बढ्नुपर्ने भनेर आलोचना बढिरहेको बेलामा वामदेवको अभिव्यक्तिले ओलीका लागि ठूलो झट्का हुनसक्ने आँकलन गरिएको छ ।
हुन त दुईपल्ट प्रधानमन्त्री भइसकेका हुन् प्रचण्ड । उनले दुबैपटक सफल प्रधानमन्त्रीत्वकालको अनुभूति गर्न दिएनन् आमनागरिकलाई । जनयुद्धबाट खारिएर आएका नेता हुन् प्रचण्ड । उनीबाट देशले, जनताले ठूलो आशा र भरोसा राखेका छन् । तर उनी दण्डहीनता र नाताबादमा चुर्लुम्मै डुबेका कारण उनको छवि धुमिल बन्दै गएको छ । अवको कार्यकालको अवसर पाए भने उनले आफ्नो छवि सुधारेर जनतामा परेको भ्रष्टछाप धुन सफल होलान् ?


