Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

राजेन्द्र लिंगदेनले ललकारे

०४ सोमबार , कार्तिक २०७६७ बर्ष अगाडि

काठमाडौं । भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गरें भने आमाको रगत खाएको ठहरिने छ भनेर जनताका सामु कबोल गर्ने यी युवा सांसद हुन् राजेन्द्र लिङ्देन ।
राप्रपाको बीउ भने पनि हुन्छ यिनलाई । आमनिर्वाचनमा चुनाव जित्ने गाई चिन्हका यी एक्लो सांसद हुन् । गाई चिन्हका नेपालगञ्ज उपमहानगरका मेयर धवल शमशेरले गाईहरु ट्रकमा हालेर सुर्खेतको कोटडाँडा डाँडाबाट गुल्टाएर मारेको र राप्रपाको साख गिर्दै गएको स्थितिमा सांसद लिङ्देनले क्षत्रीबाहुनलाई ललकारेका हुन् ।
हिन्दुराष्ट्रका पक्षमा आवाज नउठाउने क्षेत्री बाहुन नपुंसक हुन् भनेर यिनले कडा शव्द वाण हान्ने गरेका छन् । यद्यपि राप्रपा नेतृत्वमाथि हिन्दुराष्ट्रका लागि भन्दा सत्ताका लागि राजनीति गर्दै आएको आरोप छ । राष्ट्रिय स्वाभिमान यात्राका क्रममा पोखराबाट र त्यसपछिका धेरै अन्य कार्यक्रमका मञ्चबाट समेत युवा संसद राजेन्द्र लिङदेनले भनेका छन्– हिन्दुराष्ट्र हटाएर धर्मनिरपेक्षता बनाउने कांग्रेस, कम्युनिष्टलाई भोट दिने क्षेत्री बाहुनले गरेको पितृकर्म सफल हुनेछैन, तिनका पितृले केही पाउने छैनन् । अहिले चेत नखुले खस आर्यका  सन्ततीले भोली आफ्नै बाबुआमालाई सराप्ने छन् ।