Advertisement Banner
Advertisement Banner

२९ आइतबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

उर्दी संविधान दिवस

०६ सोमबार , आश्विन २०७६६ बर्ष अगाडि

शिव सिग्ेदल
असोज ३ गते संविधान दिवस । टुँडिखेलमा सेता लुगा लगाएका सहायकदेखि मुख्यसचिवसम्मका कर्मचारी, सेना र प्रहरीबाहेक लोक त देखिएनन् । लोक सहभागी नै नभएको लोकतन्त्र दिवसपछिको यो संविधान दिवस कर्मकाण्डीमात्र देखियो ।
फर्मान संविधान दिवस भनेको यही हो । तलव खानेहरु गएर हाजिर बजाए, झण्डा उचाले फर्के, संविधान दिवस सम्पन्न । साँझ दिपावली भनियो, कसैले दिपावली गरेनन् । ३ दिन भव्यताका साथ मनाउने भनियो, सरकारी बजेट सकियो, संविधान दिवस सम्मन्न भयो । यस्तै हुन्छ, भव्य संविधान दिवस मनाएको ?