Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

राहतमा जुट्यो विश्वहिन्दू महासंघ

२८ सोमबार , बैशाख २०७२११ बर्ष अगाडि

 विश्वहिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष हेमबहादुर कार्कीको सक्रियतामा भारत र अन्य क्षेत्रबाट प्राप्त राहत सामग्रीहरु महाभूकम्पपीडितसम्म पुर्‍याउने कार्य तीब्रताका साथ सुरु भएको छ। महासंघले भूकम्पपीडितहरुको राहत, पुनर्स्थापना र पुननिर्माणमा निरन्तर सघाउने योजना बनाएको छ। विश्व हिन्दु महासंघ अन्तराष्ट्रियको केन्द्रिय कार्यालय बाासवारीले भूकम्प पीडीतहरुको सहयोगका लागी विश्व हिन्दु महासंघ अन्तराष्ट्रियका उपाध्यक्ष श्री अर्जुनप्रसाद बास्तोलाको संयोजकत्वमा १३ सदस्यीय राहत तथा पुनस्थापना समिति गठन गरी राष्ट्रिय समिति र जिल्ला समिति मार्फत राहत सामाग्री बितरण कार्य तिव्र बनाएको छ। त्यसै गरि महासंघले हिमानी ट्रष्ट र रोट्रेक काठमाण्डौं साग हातेमालो गरी राहत बितरण गर्ने गरि सामाग्री हस्तान्तरण गरिएको छ। विश्व हिन्दु महासंघ भारत ईकाइका प्रमुख तथा अन्तर्राष्ट्रिय उपाध्यक्ष सांसद महन्त योगी आदित्यनाथजीको पहलमा हिन्दु युवा वाहिनी गोरखपुर द्वारा प्राप्त राहत सामाग्री वितरण कार्यक्रम एक पत्रकार सम्मेलन गरि २०७२ बैश्ााख २६ गते विश्व हिन्दु महासंघ, केन्द्रिय कार्यालय बाासवारी, काठमाण्डौंबाट हस्तान्तरण गरिएको थियो। विश्व हिन्दु महासंघका अनुसार भारतबाट प्राप्त र यहाा संकलन गरिएका राहत सामग्रीहरु काठमाण्डौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, काभ्रे, ध्ादिङ र नुवाकोट जिल्लामा पठाइएको छ।