Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

राहत लानेलाई बन्देज

१७ बिहिबार , बैशाख २०७२११ बर्ष अगाडि

भारतीयलाई जताजान पनि छुट, जे लान र ल्याउन नि छुट। भारतले सडक वा हवाई मार्गबाट ल्याएका बाकसहरु धमाधम नेपाल भित्रिरहेका छन्। ती राहत हुन् कि आहत? कसैलाई थाहा छैन। तर साँचो अर्थमा आफै राहत बोकेर आउने एनआरएनलगायतका व्यक्ति, संस्थालाई राहत बाड्न जान गृहमन्त्रालयले बन्देज लगाइरहेको छ। सरकार राहत हामीलाई नै देउ, हामी बितरण गर्छौं भनिरहेको छ तर सरकारी सुस्तताले भूकम्प पीडितले राहत पाइरहेका छैनन्। एउटा पाल नपाएर बालबनिता, बिरामी चउरमा लडिरहेका देखिन्छन् ।