Advertisement Banner
Advertisement Banner

२१ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सरकार दलालको घेरामा प¥यो

२२ बुधबार , जेठ २०७६७ बर्ष अगाडि

तीन तहको सरकार छ, तिनै तहको सरकार दलालको घेरामा परेकोमा चिन्ता गरिरहेका छन् नेकपाका नेता जनार्दन शर्मा ।
नेकपाले स्थानीय, प्रदेश र केन्द्र सरकारले दलालको घेराबन्दी तोड्न नसके ठूलो दुर्घटनाको संकेत गरेका छन् तर सुन्ने कसले ?
समृद्ध नेपाल, सुखी नेपालीको नारा साकार पार्ने हो भने यो दलालको घेरा तोड्नैपर्छ, तोड्ने बेला पनि यही हो, नतोडे समस्या बढ्छ भन्दै दलालहरुले घेरेका कारण नेकपाको सरकारले भनेजस्तो काम गर्न नसकेको निष्कर्ष निकालेका छन् । नेकपाको सरकार बलियो छ तर दलाल बलियो बनेकोमा उनको ठूलो आपत्ति छ । चिसापानीदेखि मेलम्ची र तामाकोशीसम्मको उदाहरण हेरे हुन्छ, सरकार होइन, दलाल बलियो बन्दै गएको प्रष्ट देखिन्छ ।
सरकार र नेकपाले यो अवस्थालाई चिर्न जरुरी छ । शर्माले भनेका छन् ।
यो कर्मचारीतन्त्रबाट नेकपाले काम गर्न सक्दैन । युवा जनशक्तिलाई परिचालन गर्न जरुरी छ । काम गरेनन् भनेर ठेकेदारलाई गाली गरेरमात्र केही हुन्न, युवा परिचालनको विकल्प छैन, प्रगति गर्न युवा परिचालन गर्नैपर्छ ।
नेता शर्माले ठोकेर भनेका छन्– कर्मचारीतन्त्र भ्रष्ट छ, यसमा भ्रष्टाचार गर्न चाहने नेतातन्त्र मिलेको छ । यो अवस्थाको अन्त्य नगरेसम्म सुशासन सपनामात्र हुनेछ । मैले प्रधानमन्त्रीलाई भनेको छु, युवा परिचालन गरौं ।
काग कराउ“दैछ, पिना सुक्दैछ । नेकपाका यस्ता नेताहरु सन्तुष्ट छैनन् भने सरकार छ भनेर आमनगारिकले कसरी अनुभूति गर्न सक्छन् ? राष्ट्रिय मुद्दाहरु अनेक छन्, सरकार शक्तिशाली छ, तर सहमतिको वातावरण बन्न सकेको छैन, यहा“सम्म कि सुरक्षाको अनुभूति र बिधिको शासन छ भनेर प्रत्याभूत गराउनसमेत सरकार असक्षम बनिरहेको छ । यो अवस्थामा दुई तिहाइको सरकार छ भनेर कसले विश्वास गर्ने ? प्राविधिक राजनीतिले देश बन्दैन । राजनीतिमा इमान र विश्वास दुबै देखिनुपर्छ । अन्यथा दुर्घटना निकट छ भनेर जान्नुपर्छ ।
सरकारले १५ महिनामा जे जति निर्णय गरेको छ, एउटा निर्णय पनि जनताको पक्षमा देखिदैन । बजेट आयो, कर्मचारी र बृद्धभत्ता बाहेक आम जनताका लागि बजेटले संवोधन गर्न सकेन । बजेटले महगी बढाउने र जनताको थाप्लोमा झन बढी भारी थोपर्ने भएका कारण पनि सरकारको अलोकप्रियता झन बढ्ने निश्चित देखिन्छ । यो अवस्थाले गर्दा समेत संविधान र सरकार दुर्घटनाको जोखिममा पर्दै गएको छ, नेकपाले समयमै सोचोस् ।