राजन कार्की
भूकम्प गएको पर्सीपल्टै चीनले उत्तरी सीमामा भएको व्यापक क्षतिको आँकलन गरेर राहत र उद्धार कार्य गर्दै तत्काल क्षतिग्रस्त सडक मरमत गरेर चालु अवस्थामा ल्याइदिन इच्छा प्रकट गर्दा गृहमन्त्री वामदेवले त्यो प्रस्तावलाई गृहमन्त्रालयमै लुकाएर
राखे। किन? यस सम्बन्धमा चिनियाँ राजदूत चुन्ताईले एमालेवृत्तमा असन्तुष्टि प्रकट गरेपछि अमृत बोहरालगायतका नेताहरुले गृहमन्त्रीसँग प्रश्न गरेपछि बल्ल भूकम्प गएको ५ दिन पछि स्वीकृति दिएका छन्। गृहमन्त्रीको यो कदमलाई एमालेवृत्तमा
राष्ट्रघाती भनेर आरोप लगाउन थालिएको छ।
एमाले पार्टीपंक्तिका अनुसार भारतले उपलव्ध गराएको हेलिकोप्टर र उद्धार टोली व्यापक रुपमा भारतीयलाई बढी प्राथमिकता दिइरहेका छन् र नेपाल आएका झ48डै डेढसय सञ्चारकर्मीलाई ती हेलिकोप्टरमा सगरमाथाको बेसक्याम्पसम्म डुलाएर
नेपालमा भारत नै भाग्य बिधाता हो भन्ने खालको विश्वव्यापी रुपमा तहल्का मच्चाएका छन्। भारतीय सञ्चारमाध्यमको ब्यानर न्यूजको हेडिङ छ– 'नेपालके दर्द मे भारत हमदर्द'। यो त सानो बान्कीमात्र हो। नेपाली सेनाको एक टुकडीले गर्नसक्ने
उद्धारमा सिमित भारतीय उद्धार टोली उद्धार र राहतभन्दा बढी राजनीति गरिरहेको छ। भारतले झ48डै ४ सय भारतीय बस पठाएर भारतीयहरुलाई भारत लगिरहेका छन्।
प्रश्न उठ्छ– भारतीय सशस्त्र बलका गाडी, हतियारसहितका सीमा सुरक्षा बल राजधानीदेखि विभिन्न सहरहरुमा घुमफिर गरिरहेका छन्। तिनलाई नेपाल सरकारले नेपाल पस्ने अनुमति दिएको थिएन। फेरि तिनीहरु हेपेरै किन राजधानीभित्रै घुसे? यी
यस्ता प्रश्नहरु हुन्, जसले नेपालको सार्वभौमिकतामाथि नाङ्गो हस्तक्षेप भएको देखिन्छ। नेपाललाई विपत्ति परेका बेलामा भारतले अन्तर्राष्ट्रिय मापद48ड मिचेको छ। स्रोत भन्छ : यस मामिलामा गृहमन्त्री वामदेव गौतमले भारतभक्ति देखाएका छन्।
उनले यसबारेमा मुख खोलेका छैनन्।
आउनलाई १३ देशका उद्धारकर्मी राहत सामग्री र विशेषज्ञसहित नेपालमा आएका छन्। तिनीहरु सबै नेपाल सरकारको अनुमति र आदेशमा परिचालित भएका छन्। मात्र भारत नेपाल सरकारभन्दा माथि देखिन्छ र नेपालका लागि भारत नै सर्वेसर्वा हो
भन्ने देखाइरहेको छ। यो राम्रो संकेत होइन।
निश्चय नै नेपालमाथि प्राकृतिक विपत्ति परेको छ। नेपाललाई सानो सानो सहयोगको पनि आवश्यकता छ। नेपालले विश्व समुदायसमक्ष थप सहयोगको आग्रह पनि गरेको छ। भूकम्पको विनासलीलाले किचिएकाहरु कुहिन थालेका छन्। तिनको शव
निकाल्न सकिएको छैन। बाँचेकाहरुले पाल, नून, चिनी, चामल, चिउरा, चाउचाउ राहत पाइरहेका छैनन्। पानीको हाहाकार छ र उद्धारकार्य सुस्त हुँदा महामारी फैलिने त्रासदी बढ्दै्र गएको छ। कोही पनि काठमाडौं बस्न चाहिरहेका छैनन्। यो
स्थितिमा नेपाल सरकारसँग सम्पर्क गरेर कुन प्रकारको सहयोग गर्ने भन्ने छाडेर सीमा सुरक्षा बलको बटालिन नै नेपाल पस्छ र संदेहात्मक क्रियाकलापमा लाग्छ भने यसलाई गृह मन्त्रालयले रोक्नैपर्ने हो। तर, आफ्नै साधनस्रोतसहित राहत, उद्धार
गर्छौं र बन्द सडक बनाइदिन्छौं भन्ने चीनलाई भारतकै दबाबमा गृहमन्त्री वामदेव गौतमले रोक लगाएर पहिलेको 'भारतीय सिपाही चरित्र' यतिखेर देखाएर नेपालमाथि घात गरेका छन्।
र, गृहमन्त्री वामदेव गौतमले राहत वितरण, उद्धार कार्यमा असमानजनक व्यवहार गरेको सभासद, आमनागरिकहरुले नै आरोप लगाएका छन्। यो विभेद गर्ने बेला थिएन। सरकार सबैको हो र सबै ठाउँमा सरकारको उपस्थिति हुनैपर्ने थियो।
दूरदराजमा के कुरा सिंहदरवार वरिपरिको रिंगरोडभित्रै सरकार पुगेको छैन। उद्धारमा आएका विदेशी साधन, स्रोत र सम्पत्तिलाई परिचालन गर्न सक्षमता देखाउन सकिएको छैन। यी सबै गृहमन्त्रीका क्रियाकलापले गृहमन्त्रीलाई राष्ट्रघाती नै हुन् भन्ने
प्रमाणित गरिरहेको छ।


