राजन कार्की
देशका लागि ०१७, ०३६, ०४६ जस्तै ०६३ साल टर्निङ प्वाइन्ट बन्यो। जब राजा महेन्द्रले ०१७ सालमा पञ्चायत व्यवस्थाको सुत्रपात गरिदिए, कांग्रेस, कम्युनिष्टहरु अराष्ट्रिय तत्व मानिए र उनीहरु भारत पसेर नेपालमा राजनीतिक परिवर्तन ल्याउने संघर्षमा जुटे। केही लागेन, राजा महेन्द्रको पञ्चायतसाग सधैं हार खाएका वीपी कोइरालाका लागि प्रवाश बास पनि महगो पर्ने भयो। भारतमा इन्दिरा गान्धीको शासन थियो, गान्धीको दमनले वीपीलाई मातृभूमिको सम्झना दिलायो र वीपी ०३३ सालमा मारिनु पर्ने हो भने स्वदेशमै किन नमारिने भनेर 'मेलमिलापको नीति' लिएर स्वदेश फर्किए।
भारतवाद कति महगो हुन्छ एउटा नेताका लागि, त्यसको अनुभव वीपीलाई भन्दा अरुले के भोगे होलान्। भारतमा बसेर नेपालको राजनीति गर्दा गर्दा थाकेका वीपीले नेपाली सेनालाई भारतीय सेना बनाउनेसम्मका सोच राखेको इतिहास छ। ती सबै सोचलाई गलत रहेछ भन्ने अनुभूत गर्दै स्वदेश फर्किएपछि वीपीले कांग्रेसपंक्तिलाई मन्त्र दिए– 'जबजब मनमा द्विविधा हुन्छ, त्यतिबेला नेपालको माटो हातमा लिएर सोच्नु, तिम्रो मनले जे भन्छ, त्यही गर्नु।' ०३३ सालपछि वीपी नेपालवादी भएर बााचे। बिदेशवादी बनेको पापकर्मले होला, उनले जिउादै नेपालमा प्रजातन्त्रको घाम झुल्केको देख्न पाएनन्। उनको सोचले काम गर्यो, उनको निर्णय सही थियो र नेपालमा जनमत संग्रहजस्तो प्रजातान्त्रिक अभ्यास पनि भयो र २०४६ सालमा प्रजातन्त्रको उदय पनि भयो। तर, त्यसपछि नेपाली कांग्रेस र देशको नृतत्व गर्न पाएका कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवाहरुले कांग्रेसलाई नेपालवादीका रुपमा टिकाइराख्न सकेनन्। ०७० वर्षको नेपाली कांग्रेस भारतबाटै समर्थन र सहयोगको अपेक्षा राख्छ। १० वर्ष जनयुद्ध गरेको माओवादी र आफूलाई झापा आन्दोलनबाट प्रजातन्त्रको आागनमा उभ्याएको नेकपा एमाले पनि भारत भक्तिमा कांग्रेसभन्दा भिन्न देखिदैन। भारतका विदेश सचिव आए पनि अथवा राजधानीमै भारतीय राजदूतले कुनै कार्यक्रममा निम्त्याए भने हाम्रा नेताहरु टाउकाले टेकेर पुग्छन्, हैसियत बिर्सन्छन्। भन्नुको अर्थ, वीपी माटोमा उभिएर राजनेता बन्न सके, त्यसपछि कुनै पनि नेता राजनेताजस्ता देखिदैनन्।
नेपाली कांग्रेस १३औं अधिवेशनमा जुटिसकेको छ। सुशील कोइराला पुनः सभापति बन्न सक्छन्। उनले थकाई मारे भने सशांक अथवा सुजाता कोइरालाले पनि सभापतिमा उमेदवारी दिने इच्छ प्रकट गरिसकेका छन्। त्यसै पनि रामचन्द्र पौडेल र शेरबहादुर देउवा सभापतिका प्रतिस्पर्धी हुन्। सुशील खडा भएका अवस्थामा रामचन्द्र उठ्ने छैनन् र देउवा उठे भने तेस्रोपटक थच्चिन सक्छन्। किनकि दक्षिण एसियामा परिवारवाद पराजीत गरेर नयाा नेतृत्व उठ्न गाह्रो छ। प्रश्न कांग्रेसको आगामी नेतृत्व कसले गर्छ भन्ने होइन, प्रश्न के हो भने के गर्छ यो अधिवेशनले? भन्ने हो। किनकि आज पनि कांग्रेसभित्र नीति होइन, व्यक्ति प्रधान हुने गरेको छ। त्यसकारण कांग्रेस सत्तामा छ तर कांग्रेससाग विकासनीति छैन, न राष्ट्रिय समस्या पर्दा निकास दिने नीति नै छ? जता ओह्रालो उतै बग्ने पानीको धर्म हो। राजनीतिक पार्टी जुन बोतलमा हाल्यो, त्यस्तै आकार लिने तरिकाले चल्न सक्दैन, टिकाउ पनि हुादैन। यसको ताजा दृष्टान्त एमाओवादी हो। जनयुद्ध त्यागेर शान्तियुद्धमा आयो तर यहाा पनि उसले जातिवाद, क्षेत्रवाद नै बोक्यो। यो तरलता राष्ट्रिय आवश्यकता थिएन त्यसैले संविधान र शान्तिको बाधक तत्व भनेको एमाओवादी नै बनेको छ। आजका दिन त्यही पार्टीबाट 'संविधान निर्माण गर्न बाटो खोल प्रचण्ड' भनेर आवाज किन उठ्यो? नेतृत्व बुझ्दैन। त्यसो त नीतिहीन भएकैले संविधानसभामा ताल्चा ठोकेर गतिहीन भइरहेका छन् कांग्रेस, एमाले। सिकेनन्, यिनले वीपीबाट सिकेनन्। ०३६ सालको जनमत संग्रहमा पञ्चायतले जित्दा वक्तव्य निकालेर जनमतको कदर गर्ने साहस वीपीले गरेका थिए। त्यही साहसको परिणाम थियो ०४६ सालको बहुदलीय प्रजातन्त्र र आजको लोकतन्त्र। वीपीबाट सिकेको भए हार, जीत भन्ने होइन, कांग्रेस, एमालेले संविधान जारी गरिसकेका हुनेथिए। प्रचण्डले के भन्छन्? भनेर प्रचण्डको सकारात्मक मूड कुरेर बस्ने थिएनन्। आजको द्विविधामा के गर्नुपर्छ, कांग्रेस, एमालेले माटो मुठीमा लिएर सोध्ने थिए, विचार गरेर निर्णय गर्ने थिए।
नीति नभएपछि निर्णय गर्न सकिन्न। कांग्रेस, एमालेभित्र व्यक्ति छन्, व्यक्तिवाद छ र व्यवहार पनि त्यस्तै छ। व्यक्तिवाद भनेको निरंकूशता हो, सर्वसत्तावाद हो। निरंकूशता हटाएर लोकतन्त्रको आव्हान गर्नेहरुको यो दशा देख्दा 'दया' लाग्छ। किनकि जनतालाई बााध्ने विचारले, अवधारणाले हो। संविधान बनाउने नाममा दुईपटक संविधानसभाको निर्वाचन भयो, ९ वर्षमा ७ जना प्रधानमन्त्री फेरिए। अझै संवाद, सहमति र सहकार्यको यिनको सुगा रटान जारी नै छ। यिनले नयाा नेपाल बनाउाछन् भनेर ०६३ सालमा जागृत भएको जनविश्वास मरिसकेको छ। र, युरोपियन युनियन गतहप्ता आएर सभाध्यक्षलाई जिस्क्याएर गयो। युरोपियनले सोधे– तेश्रो संविधानसभाको निर्वाचन पनि सम्भव छ? सभाध्यक्षले अमिलो हाासो हाासेर सम्भव छैन भन्ने जवाफ दिएछन्। सरकार, संविधानसभा, सभाध्यक्ष, सभासदको योभन्दा ठूलो बेइजत अरु के हुनसक्छ? जनमतमाथि यति क्रुर व्यङ्ग? जनादेशको यति ठूलो अपमान?
कलंक त कलंक नै हो। यस्तो कलंक 'मेड इन इण्डियाको लाइफ ब्याय साबुन अथवा निरमा डिटरजेन्ट पाउडर'ले धोएर सफा हुादैन। त्यस्तो विदेशी ब्यङ्गवाणलाई 'हाजमोला' खाएर हजम गरे पनि यथार्थ यही हो कि हाम्रा नेताहरुमा मातृभूमिमा उभिने न ताकत देखियो, न ल्याकत? विदेशीले सहायताका नाममा यसरी हस्तक्षेप गर्छन्। यसो गर, उसो गर नभए सहायता रोक्छौं भनेर धम्की दिन्छन् र हाम्रा नीतिमा उनीहरु हैकम चलाउाछन्। खोई चेतनावोध? अझै हामी पहाड तराई छुट्याउन, पहिचानका नाममा संघीयताको रचना गर्नुपर्छ भन्ने लिाडेढिपी गरेर बिखण्डनको आधार खडा गर्न पहलमानी देखाइरहने? यही हो हाम्रो राजनीति? देशभक्ति मैनबत्ती हुन सक्दैन, जो बल्दै, पग्लदै सकियोस्। वीपीको माटोबाद यसकारण आज अपरिहार्य भएको हो। प्रचण्डमा टर्निङ प्वाइन्ट यसकारण चाहिएको हो।
सिंगापुरका लीक्वान यु हालै बिते। उनलाई समवेदना दिन र उनको सम्झना गर्न हाम्रा नेताहरुले प्रतिस्पर्धा नै गरे। बिहार, युपीको अनुकरण गर्न दौडादौड गर्ने हाम्रा नेताहरु वीपी वा तिनै लीक्वान युको अनुकरण किन गर्दैनन्? देश त बलियो हुन्थ्यो। हाम्रा नेताहरुलाई देश होइन, आफू, आफ्नो पार्टीको चुनावी आधार बलियो पार्नु परेको छ। महाभारतमा धृतराष्ट्र शारीरिक आाखा नभएर अन्धा थिए, हाम्रा धृतराष्ट्रहरु राजनीतिक विचारको आाखा नभएर अन्धा भएका छन्। त्यसकारण, राज्य पुनर्संरचनामा राष्ट्रिय एकता देख्न चाहिरहेका छैनन्।
प्रचण्डले एकपटक उद्घोष गरेका थिए– अव म हुन्छु पृथ्वीनारायण शाह हुन्छु। जनयुद्धकालमा पृथ्वीनारायण शाहलाई बिस्तारवादी भन्ने र उनको सालिक काटेर, फोडेर आत्मरती गर्नेको यस्तो उद्घोष। सबैले अचम्म मानेका थिए। कहाा राजा भोज, कहाा गंगु तेली भनेझैं अचम्म क्षणिक थियो, पानीको फोको जसरी उठ्यो र फुट्यो। पृथ्वीनारायण शाह इतिहासमा पुजनीय छन्, किनकि उनी राष्ट्रनिर्माता हुन्। किन प्रचण्ड जनघृणित पात्र बन्दैछन्? किनकि उनी संविधानसभा हाम्रो एजेन्डा भन्थे, संविधानसभाले राष्ट्र बिखण्डन र बिभाजनकारी संविधान बनाउनुपर्छ भनेर आन्दोलित छन्। अस्ती भर्खर सभाध्यक्षलाई भेटेर प्रचण्डले प्वाक्क भनिहाले– अव म निकास दिन्छु। उनले चेतमा बोले कि अचेतमा? सबैले प्रचण्डतिर हेरिरहेका छन्। प्रचण्ड आफूलाई माओवादी भन्छन्। माओको देशको ग्रेटहलमा 'माओले टोपी लगाएको र महेन्द्र राष्ट्रिय पोसाकमा ठााटिएको फोटो' राखिएको छ। अर्को ठाउामा वीपी कोइरालाको फोटो पनि टाागिएको छ। ती फोटो सी जीन पिङले किन फालेनन्? त्यो ठाउामा प्रचण्डको फोटो राख्ने चाहना चीनलाई किन भएन? किनकि चीनले प्रचण्डलाई 'नेपालको नेता भनेर मानेकै छैन।' यो तथ्य बुझेका भए प्रचण्डले 'राजनेता' बन्ने इच्छाशक्ति राख्थे। 'राष्ट्रपति' बन्नकै लागि मुलुकलाई यसरी अन्यौल र अराजकतामा धकेल्ने थिएनन्। प्रचण्डलाई राजनेता बन्ने अझै मौका छ।
०६० को दशकमा माओले सांस्कृतिक क्रान्तिमा जे जति गल्ती भयो, त्यसप्रति जनताका सामु घुाडा टेकेर माफी मागे। माओवादी प्रचण्डले माओको त्यो क्षणको अनुकरण गरे भने उनको राजनीतिक जीवनमा 'देशभक्त टर्निङ् प्वाइन्ट' आउनसक्छ।
उनको ओजन र हाइट दुबै बढ्न सक्छ। जनता प्रचण्डलाई माओको 'जनताहरु बीचका अन्तरविरोधहरुको सही संचालनबारे'को नीति अध्ययन गरेर सच्चिन र जननेता बनेको हेर्न चाहिरहेको छ। जनयुद्धकारी, अहंकारी, मेरो गोरुको बाह्रैटक्का भन्ने
प्रचण्ड जनताले हेर्न चाहेको छैन। बागलुङ् १ को उपचुनावमा जनताले एमाओवादीको जमानत जफत गरिदिए, प्रचण्ड नेतृत्वको एमाओवादी पार्टीले यसबाट शिक्षा नलिने? प्रचण्डलाई एकथान सुझाव: ग्यारीवाल्डीले भनेका छन्– 'माटोभन्दा प्यारो कुनै वाद छैन।' प्रचण्डको नेतृत्वमा लागेको भााडतन्त्रको कलंक सफा गर्ने हो भने विदेशको होइन, स्वदेशीकै मन जित्न सक्नुपर्छ। संविधानसभामा लागेको प्रचण्ड ग्रहणबाट स्वयं प्रचण्डले मुक्त गराउन सके भने प्रचण्ड अझै राजनेता बन्नसक्छन्।


