Advertisement Banner
Advertisement Banner

२१ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

लगानी सम्मेलन कि परजीवी ?

१८ सोमबार , चैत्र २०७५७ बर्ष अगाडि

पदम हमाल -
देशमा पैसाको कमी होइन, इमानदारिताको कमी छ । सरकारले जनताको विश्वास जित्न सक्यो भने आमनागरिक लगानी गर्न तैयार छन्, तर जता पनि भ्रष्टाचारमात्र गर्ने सरकारको कूशासनका कारण जनतामा सरकारप्रति भरोसा छैन ।
यतिमात्र होइन विदेशी दाता, लगानीकर्तासमेत नेपालको राजनीतिक अस्थिरता र भ्रष्टाचारी प्रशासनका कारण लगानी गर्न हच्किने अवस्था छ ।
एनसेल र डाबर नेपालले समेत कर छलेको, जनता लुटेको व्यापक गुनासो बढेर गएको छ । जसले नेपालको कानुनलाई खेलौना बनाइरहेका छन्, त्यस्ता लगानी आउनु भनेको लगानीका नाममा जनता, देशको शोषण नै हो ।
१७ क्षेत्रमा १७ खर्बको लगानी आश्वासन आयो भनेर झ्याली पिटिएको नेपाल इन्भेष्टमेन्ट समिट २०१९ लाई सफल भनिएको छ । उत्साहका साथ सरारले लगानी समिट सम्पन्न गरेको प्रशंसा पनि भइरहेको छ । तर, जसरी एसवीआई, नविल, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट बैंक, सूर्य नेपालजस्ता संस्थाहरुले नेपालको अर्थतन्त्रलाई कमजोर पार्दै लुट्ने काम गरिरहेका छन्, त्यस्ताहरुले केही रोजगारीको सिर्जना गरे पनि देशका सूचना, सम्पत्तिहरुको व्यापक दोहन गरिरहेका छन् । जुन देशको र जनताको हितमा भन्दा बढी जोखिमपूर्ण रहेका छन् । नेपालले जसरी पनि कृषिको विकास गरेर आत्मनिर्भर नभएसम्म विदेशी लगानीले देशको समृद्धि, सुखी नेपाली नेपालको सम्पन्नता आउन सक्दैन ।