Advertisement Banner
Advertisement Banner

२१ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

बल्ल पृथ्वी जयन्ती बिदा समेटिएछ

०४ सोमबार , चैत्र २०७५७ बर्ष अगाडि

बरिष्ठ अधिवक्ता शिव सिग्देल -
आगामी वर्ष १५ दिन घोषणा गरेको सरकारले पृथ्वीजयन्तीलाई पनि विदामा समेटेट । नेपालवादीहरुको माँग बल्ल पूरा गरियो । नेपाल निर्मातालाई नसम्झीकन कसरी नेपालवादी सरकार हुनसक्थ्यो र ? देशभक्तहरुको आन्दोलनलाई सम्मान गरियो ।
सरकार धन्यवादको पात्र छ । कम्तिमा नेपाल निर्मातालाई सरकारले सम्झ्यो । पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा भव्यताका साथ मनाउन सरकारले थालनी गर्नेछ भन्ने विश्वास अव पलायो भन्न सकिन्छ ।
२०७६ सालमा पर्व, महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि मात्र बिदा, जात्रा बिदा, दशैं, तिहार बिदा, दिवस बिदा, जयन्ती बिदा र सट्टा बिदा भनेर विभिन्न शीर्षकमा बिदा घोषणा गर्दा पुस २७ समेटिउको हो । नववर्ष वैशाख १, शिवरात्रि फागुन ९ र फागु पूर्णिमा पहाडी तथा भित्री मधेशका ५८ जिल्लामा फागुन २६ र अन्य जिल्लामा फागुन २७ गते बिदा दिइने गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका आधारमा पनि विभिन्न पर्वमा बिदा घोषणा गरिएको छ । गृहका अनुसार किराँत र राई याख्था, सुनुवार, लिम्बू जातिका उभौली पर्व जेठ ४, गौरा पर्व भदौ ६, इद, छठ पर्व, इस्लाम धर्मावलम्बीको बकर इद, किराँत जातिको उधौली पर्व, यमरी पुन्ही, ज्याफू दिवस, इसाई धर्मावलम्बीहरूको क्रिसमस डे, तमु ल्होसार, माघे सत्रान्ति माघ १, सोनाम ल्होसार माघ ११, ग्याल्पो ल्होसार फागुन १२, सिरुवा पावनी पर्व (झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी), धवाथाम्बु छेउचिक पर्वका दिन त्यस्तो पर्व मनाउने जिल्लामा सार्वजनिक बिदा भनिएको छ ।
महिला कर्मचारीका लागि भदौ १६ गते हरितालिका तीज र असोज ५ गते जितिया पर्व मनाउने जिल्लामा सार्वजनिक बिदा हुनेछ । यसैगरी शिक्षण संस्थाका लागि वसन्तपञ्चमी माघ १६, जात्रा बिदामा काठमाडौं उपत्यकाका लागि मात्र चार गाइजात्रा साउन ३१, इन्द्रजात्रा भदौ २७, मछिन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा देखाउने दिन) र घोडे जात्रा चैत ११ गते सार्वजनिक बिदा दिइने भएको छ ।
फूलपातीदेखि एकादशीसम्मदशौ बिदा हुनेछ। लक्ष्मीपूजादेखि भाईटीकासम्म तीन दिन तिहार बिदा हुनेछ । मजदुर दिवस, संविधान दिवस,  महिला दिवस, अपाङ्गता दिवस, बुद्ध जयन्ती, सम्बन्धित धर्मावलम्बीका लागि गुरुनानक जयन्ती लगायतका विदाहरु किटान गरिएका छन् ।
अरु जे बिदा दिए वा नदिए पनि नेपाल निर्माताको जन्मजयन्तीको सम्झना गर्नु सरकारलाई धन्यवाद छ । 
हामी नेपाली हौं भने नेपाल निर्मातालाई सम्झना गर्नैपर्छ । जबसम्म बाबुआमाको सम्मान गर्दैनौं, जुन धर्तीमा उभिएका छौं, त्यो धर्ती निर्माताको पूजा गर्दैनौं, हामी कसरी नेपाली हुनसक्छौं र ? यसकारण पनि पृथ्वी जयन्तीको ठूलो महत्व छ । कुनै पनि स्वाधीन र स्वतन्त्र नागरिकका लागि राष्ट्रनिर्माता सधैं पुजनीय बन्दनीय हुनेगर्छन् ।