Advertisement Banner
Advertisement Banner

३० शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

खोई राइट म्यान राइट प्लेस ?

०४ सोमबार , चैत्र २०७५७ बर्ष अगाडि

काठमाडौं । सरकार र प्रतिपक्षी भएपनि दुबै मौसेरा भाइजस्तो मिलिजुली भ्रष्टाचार गर्ने र देशलाई जय नेपाल गरिरहेको स्थितिमा एउटा सशक्त प्रतिपक्षीको रुपमा डा.सुरेन्द्र केसी देखा परेका छन् । हरेक राष्ट्रिय मुद्दामा केसीले निर्ममतापूर्वक प्रहार गरिरहेका छन् । भ्रष्टाचार, अनैतिकता र अपराधका विषयमा सुरेन्द्र केसी सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । उनका कुराहरु ठूला पत्रपत्रिकाले नछाप्ने र साना पत्रिका तथा अनलाइनमा भाइरल बनेका डा. सुरेन्द्र केसी भन्छन्– दुई थप्पड खान परे पनि गलत कुराको भण्डाफोर गर्न छाडिन्न । मार्ने धम्की दिनेहरुबाट डराइन्न ।
सरकार प्रमुख र सरकार चलाउने पार्टी नै भ्रष्टाचारमा संलग्न भएकाले यो देशमा सुशासन भन्ने कुरा समृद्धिको सपनाजस्तोमात्र हो । डा. सुरेन्द्र केसी भन्छन्– राइट म्यान राइट प्लेस, पनिस एण्ड रिवार्ड र देश र जनताप्रति जवाफदेहिता नहुनाले यो देश दिनदिनै बिग्रदै र भत्कदै गएको छ ।