Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

मधेसमा सीके राउतको जगजगी

०७ सोमबार , बैशाख २०७२११ बर्ष अगाडि

मधेसी मोर्चामा फुट आएपछि सीके राउत एकाएक चम्किन थालेका छन्। मधेसलाई नेपालबाट टुक्य्राउने र स्वराज्य बनाउन लागिपरेका सिके राउतलाई विजय गच्छदार, उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुरहरुले रोक्न नसक्ने वातावरण सिर्जना हुनथालेको छ। मधेसी युवाहरुमा लोकप्रीय बन्दै गएका सीके राउतलाई युरोपियन र अमेरिकन लगानी बढेर गएको स्रोतहरुले उल्लेख गरेका छन्। पश्चिमाहरु नेपाललाई किन तोड्न खोजिरहेका छन्? यो प्रश्नमा एक अध्यताका अनुसार नेपाललाई क्रिश्चियन उर्बर भूमि बनाउने अभिष्ट लुकेको छ। अहिले ३० दलीय मोर्चामा एमाओवादीले धोका दिएर मधेसवादीलाई उत्तानो पारिदिएपछि मधेसी दलहरुको साख मधेसमा ह्वात्तै घटेको छ। यही मौकामा सीके राउत र सीके लालहरु मधेसी मुद्दालाई स्वतन्त्र मुलुक बनाउने हतियार बनाइरहेका छन्।