Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

चौधरीको भारतीय रेलवेमा लगानी

०७ सोमबार , बैशाख २०७२११ बर्ष अगाडि

विश्वका ३० देशमा होटल, रियल स्टेट, टेलिकम, रिटेल, खाद्य उद्योग, इलेक्ट्रिकल, बैंक लगायतका क्षेत्रमा लगानी गरेका मल्टी मिलेनियर (१.२ विलियन डलर २०१४) बिनोद चौधरी प्रशिद्ध नेपाली उद्योगपति हुन्। भारतीय सञ्चारमाध्यमसाग भएको वार्तालापमा चौधरीले भारतीय रेलवेमा लगानी गर्न लागेको जानकारी दिएका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसाग भएको राम्रो सम्बन्धलाई अझ मजबुत पार्नका लागि चौधरीले भारतीय रेलवेमा लगानी गर्न लागेको हुनसक्छ। चौधरीकै शव्दमा 'चौधरी ग्रुप भारतीय रेलवेको औद्योगिकीकरणको क्षेत्रमा लगानी गर्ने योजनामा छ। भारतको व्यापक रेलवे सञ्चालमा स्टेशनको समेत सुधार हुन जरुरी देख्दछु।' अहिलेसम्म चौधरी ग्रुपले हस्पिट्यालिटी, उत्पादन क्षेत्रमा  व्यापक लगानी गर्दै आएको छ। भारतको ताज ग्रुपसाग लामो समयदेखि सहकार्य गर्दै आएको चौधरी ग्रुपले यही क्षेत्रबाट बढी आम्दानी गरेको बताइसकेको छ। भारतको व्यापक बजारमा लगानी गर्ने अवसर छाड्न सकिन्न, चौधरीले पिटिआईसाग प्रष्ट पारेका छन्। चौधरी ग्रुपले नविल बैंकमा ठूलो लगानी गरिरहेको छ भने भारतीय बैंकिङको क्षेत्रमा पनि ठूलै लगानीका साथ हात हाल्ने संकेत देखाएको छ।
खिचापोखरीमा पिता लुनकरणदासको कपडा पसलमा ग्राहकको 'लुगा छेक्ने' कामबाट आज अरवपतिहरुको सूचीमा पर्ने विनोद चौधरी एकमात्र व्यक्तित्व हो। उनको लगन र कडा परिश्रमले नै उनलाई यो स्थानमा पुर्‍याएको हो। मेहनत गरे नहुने के रहेछ? 'उत्साही युवाहरुलाई' विनोद चौधरी प्रेरणा हुन सक्छन्।