Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

प्रचण्ड आत्मसमीक्षा गर्दै

३० सोमबार , चैत्र २०७१११ बर्ष अगाडि

बागलुङको उपनिर्वाचनमा एमाओवादीको जमानत जफत भएको छ। यो उपनिर्वाचनले एमाओवादीलाई ब्याकफुटमा उभ्याइदिएको छ। एमाओवादी उमेदवार थिए कृष्णबहादुर केसी। उनले जम्मा २ हजार ५ सय ५ मतमात्र पाए। ३८ हजार मतदान हुँदा एमाओवादीको भागमा  २५ सय? गत मंसिर ४ को निर्वाचनमा ६ हजार मत पाएको एमाओवादीको बाँकी मत कहाँ हरायो? यो परिणामले एमाओवादी नेतृत्व पंक्तिलाई आत्मसमीक्षा गर्न र आफ्ना अवधारणा, नीति सच्याउन जनदबाब आएको अर्थमा बुझेका छन् विश्लेषकहरुले। हो पनि यही। यो उपचुनावले सत्ताधारी कांग्रेस र एमालेवीच एकापसमा धाँधली गरेको आरोप प्रत्यारोप चलिरहे पनि यसले प्रचण्डलाई खासै असर गर्नेछैन। उनी आफ्नो पार्टीको पातलिएको संगठन र कार्यकर्ता पलायन हुन थालेको रुपमा बुझ्न बाध्य छन् र उनले यो समय प्रचण्ड र उनको नेतृत्व टोलीले आत्मसमीक्षा गर्ने समय हो यो। निर्क फुर्ती लाउने डा.बाबुराम भट्टराई पनि यो नतिजाबाट आहत भएको हुनुपर्छ। प्रचण्डको नेतृत्व हार्‍यो, मैले नेतृत्व गरेपछि अर्को चुनाव हेर भनेर उनले आङ कन्याएर छाडो उडाउन सक्ने छैनन् किनभने अर्को चुनाव आयो अथवा स्थानीय चुनाव भयो भने बाबुरामकै गोरखामा उनी पाहा पछारिएजस्तो पछारिएको दृश्य देखिनेछ। किनभने एमाओवादीले जबसम्म पहिचानका नाममा जातिवाद काखी च्यापेर हिड्नेछ, आम हड्तालजस्तो जनविरोधी कार्यक्रम अगाडि सारिरहने छ र जनसवालमा खरो उत्रने छैन, जनताको शान्तिप्रति सकारात्मक हुनेछैन, तवसम्म एमाओवादीको यस्तो ओह्रालो यात्रा चलिरहनेछ।