काठमाडौं । निर्मला पन्तको हत्यारा पक्राउ परिसक्यो भनेर हास्यपात्र बनेका रक्षामन्त्री ईश्वर पोखरेल अव भन्न थालेका छन्, ओली सरकारको काम देखेर विदेशी शक्तिसमेत डराइसके । रक्षा मन्त्री ईश्वर पोखरेलले कुन काम, कुन हतियार देखाइदिएछन् र विदेशी डराएका हुन्, खोज पत्रकारले पनि भेउ पाउन सकेनन् ।
यी मन्त्री अर्का नांैटंकिकार पो निस्के ।
यी पनि जनवादी
काठमाडौं । जनताको कुरा सुन्न, जनताको काम गर्न छाडेर यी नेकपा सांसद सरकारको अन्धभक्ति गर्न थालेपछि कांग्रेसी सांसद गगन थापाले प्रश्न गरेका छन्– सुन काण्डमा बोलेनौ, निर्मला हत्या काण्डमा बोलेनौ, होली वाइन
काण्डमा बोलेनौ, काठमाडौमा घर हुदा हुँदै सरकारबाट घरभाडा लियौ अनि आज जनताको लागि लडने डा. गोविन्द केसीलाई माफियाको हाँमा हाँ मिलाउन लागेर नैतिकता सिकाउने कुन हैसियत राख्छौ ?
डा गोबिन्द केसी शिक्षा र स्वास्थ्य निःशुल्क र गुणस्तरिय हुनुपर्ने ,स्वास्थ्य क्षेत्रको माफियातन्त्र अन्त्य गर्नुपर्ने, गाउँगाउँ सम्म स्वास्थ्य र शिक्षाको पहुँच हुनुपर्ने, पैसा नहुनेहरुले पनि उपचार नपाएर मर्ने अवस्था नआओस् भनेर अनसन बसेका डा केसीलाई कांग्रेसले उचालेको भनेर आक्रमणमा उत्रेका छन् । माफियाले दिएर खाएको मार्सी चामलको भात पचाउन हो या केपी वलीले चुनाबमा ताप्लेजुङ पुगेर मन्त्री बनाईदिन्छु भनेका कारण मन्त्रीमा ¥याल काडेर हो, आज पुरै माफियाको तलुवा चाटिरहेका छन् ।
नेकपाको लागि योभन्दा ठूलो आरोप के हुन्छ ? चुल्लुभर पानीमा डुब मरो हालत छ नेकपाको आजकल ।
त्यसो त राजधानीको ६ नम्बरका जनताले यिनलाई २ पटक चुनावमा हराइसकेका हुन् र यस्तै हालत हो भने ताप्लेजुङका जनताले फेरि यिनलाई मौका दिन्छन् भन्न सकिन्न । किन कि जसले जनताको कुरा उठायो, उसको बिरोध गर्नु नै किन ? डा.केसी आजका मितिसम्म कुनै दलका होइनन् । नेपाली कांग्रेसले केसीका माँगमा ऐक्यवद्धता जनाएको त जनताको कुरा भएकाले हो । जनताको कुरा उठाउने व्यक्ति कसरी कांग्रेस वा अन्य दलको हुनसक्छ, जनताको कुरा उठाउने र जनताले समर्थन गरेका व्यक्ति जनताका हुन्छन् ।
युवा र बौद्धिक भएर पनि आमयुवाको भविष्यसँग जोडिएको देशको विकाससँग सम्बद्ध कुरामा बिभेद र निषेधकारी अभिव्यक्ति दिनु उचित हो र ?


