Advertisement Banner
Advertisement Banner

२१ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नेकपा थचक्कै

०७ सोमबार , माघ २०७५७ बर्ष अगाडि

 काठमाडौं । नारायणकाजीको ब्लोले नेकपाभित्र ठूलै खलबली मच्चिएको छ । नेकपाका दुई पाइलट ओली र प्रचण्डले केही दिनमै सुधारात्मक कदम चालेनन् भने नेकपाभित्र भुइँचालो जान्छ भन्छन् नेकपावादीहरु ।
हिजोका राजा, महाराजाको शैलीमा पार्टी र सरकार चलाएर पनि चल्छ ? अव केपी ओलीको राजीनामा माँगेर बिकल्प दिने कि अरु पक्षले राजीनामा दिएर ओल्ी गुटको चलाउन दिने । अझ स्पष्ट भन्ने हो भने विदेशी फण्डमा मजदुर संगठन वर्षौं चलाएका विष्णु रिमाललाई नेकपाको सरकार चलाउन दिने ? अव लामो समय कुर्न सकिने
 स्थिति छैन । काजीको यस भनाईले नेकपाभित्र असन्तुष्टिको आँधी विकास भइसकेको र सुनामी आउने संकेतका रुपमा विश्लेषकहरु बताउन थालेका छन् ।
नेकपा जेट जहाज बनेर नेपाली शासनसत्तामा त चल्यो तर अधिनायकत्व कतिसम्म बढिसकेछ भन्ने कुरो नारायणकाजीले बताएका छन् । सत्तापक्ष नेकपा, प्रतिपक्षी पनि नेकपाभित्रै तैयार भइसकेको देखिन्छ ।
नारायणकाजीको ठहर छ– माधव नेपाल विचारमा कमजोर, लोभी चरित्रका भए पनि साष्ेक्षमा टिममा काम गर्ने खालका नै नेता रहेछन्, प्रचण्ड गतिशील नै हुन् तर उनी स्वार्थीहरुको राज्य दोहन गर्ने जमातमा भर पर्ने अवस्थामा रुपान्तरित भइसकेछन्,जनताको मतलाई सम्मान गरेर चल्ने पार्टी र नेतृत्वको संकट परेकै हो ।
नेकपाका मन्त्रीहरु भ्रष्टहरुको कार्यक्रममा जान थालेका छन् । माफिया, ज्यानमाराका कार्यक्रममा सहभागी हुन थालेका छन् । उपराष्ट्रपति बिबादास्पद व्यक्तिका कार्यक्रममा हिड्न थालेका छन् । नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजीले स्पष्ट बक्ताका रुपमा सार्वजनिक हुनुले पनि नेकपाभित्र ठूलै रडाको मच्चिने अवस्था देखिन्छ ।
देशभरि सिंहदरवार पु¥याएर चलाउने नेकपाका सच्चा कार्यकर्ताहरु नै सामाजिक सञ्जालमा भन्न थालेका छन्– नेकपाको शासन छ, हामी नेकपा हौं भनेर भन्न पनि लाजमर्दो भइसक्यो ।
नेकपाभित्रै यति धेरै अप्ठेरो सिर्जना भइसकेको छ भने नेकपाको सरकारबाट आमनागरिकले के पाएका होलान् ? चुनावका बेलामा जे जे प्रतिवद्धताहरु गरिएका थिए, ती सबै नेकपापको पार्टी र सरकारमा बस्ने नेतृत्वले बिर्सेको हो भने नेकपाको यो ऐतिहासिक सरकार फेल भयो भन्दाहुन्छ ।