Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

मनको पिलो र रानीको छर्रा : गोविन्दप्रसाद पौडेल

३० सोमबार , चैत्र २०७१११ बर्ष अगाडि

चैत २७ को साइतमा पूर्वराजा सपरिवार दिल्ली हिडेका छन्। सतहमा पूर्वरानी कोमलको शरीरमा दरवार हत्याकाण्डमा लागेको छर्राको अपरेशन गर्ने कार्यक्रम छ। तर, दिल्लीमा भारतका उच्चस्तरीय राजनीतिक नेताहरुसँग भेटघाटको कार्यक्रम पनि तय भइसकेको छ। यो भ्रमण महिना दिनभन्दा लामो हुने चर्चा छ। फागुन ७ मा दिएको सन्देशमा मसँग भएको सम्झौता किन कार्यान्वयन भएन भनेर राजनीतिक तरङ्ग ल्याएका पूर्वराजाले साक्षीका रुपमा रहेका तत्कालीन भारत सरकारका प्रतिनिधि कर्ण सिंहसँग पनि भेट हुने बताइन्छ। यदि त्यसो हो भने यसपटकको भ्रमण गत कार्तिक  २१ देखि मंसिर १ गतेसम्मको भ्रमणजस्तो अलिनो हुने छैन, स्रोतहरु भन्छन्। जानु अघि एयरपोर्टमा पत्रकारहरुले जिज्ञासा राख्दा अहिले केही पनि छैन, फर्केपछि भन्ने पूर्वराजाको प्रतिक्रिया थियो। पत्रकारले केही बोल्न लगाउन सकेनन्। त्यसैले पूर्वराजाले कुन प्रकारको सम्बन्धको आशा गरेका छन्, त्यसको प्रतिक्षा सबैलाई छ।
राम्रो विषय के पनि छ भने आन्द्राको शल्यक्रिया गराउन पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा दिल्लीमै छन्। दिल्लीले नेपाली राजनीतिज्ञहरुलाई खासै महत्व नदिइरहेको स्थितिमा पूर्वराजाको भारत भ्रमण महत्वपूर्ण हुनसक्छ भन्नेहरु पनि छन्। अर्को रमाइलो पक्ष के छ भने भारतको शासक भाजपाका कुनै न कुनै नेता नेपाल आएर नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भनेर वकालत गरिरहेका छन् र नेपालमा हिन्दू आन्दोलनमा सघाइरहेका छन्। पूर्वयुवराज थाइलेण्डबाट फर्के पनि उनको उपचार नर्भिकमा भइरहेको छ र पूर्वराजाले उनीसँग सम्बन्ध राखेको देखिदैन। पूर्वयुवराज्ञी हिमानी शाह थाइलेण्डमा पुगेर भेटेर फर्के पनि उनलाई केही तान्त्रिक देवीले साथै नबस्न दिएको सल्लाहले हो कि पति पारसको रेखदेख गर्न छाडेर उनी पनि दिल्ली हान्निएकी छिन्। समाजसेवामा निकै सक्रिय हुन थालेकी पूर्व युवराज्ञी किन आफ्नै पतिधर्मप्रति उदासीन छिन् भन्ने प्रश्न समाजमा उठेको छ। उनले पहिले घर परिवारलाई शान्तिपूर्ण पार्न भूमिका खेल्नुपर्छ, तवमात्र उनको सामाजिक दायित्व बढी प्रभावकारी हुनसक्ने सुझाव जनमानसको छ।
मोदीसँग भेट होला?

मोदी यतिखेर विदेश भ्रमण सकेर दिल्ली फर्कने तैयारीमा छन्। मोदी फर्कनु पहिले नै पूर्वराजाको भाजपाका अध्यक्ष, पूर्वअध्यक्षहरु लगायतका नेताहरुसँग भेटवार्ता हुने निश्चित छ। यहीकारण पूर्वराजा दिल्ली जाँदा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुन्छ कि हुन्न? यसबारेमा ठूलै चासो देखिन्छ। भारतका राजदुत रन्जित रेलाई समेत पूर्वराजाले कुन कुन नेतालाई भेट्नेबारे केही जानकारी देखिदैन। त्यसो त भाजपाले नेपालमा राजदूत फेर्ने होमवर्क थालेको बताइन्छ। रन्जित रे १२ बुँदे सहमतिका लेखनदास भए पनि उनी भाजपाको नीति नेपालमा लागू गर्न असफल भएको निष्कर्ष दिल्लीले निकाली सकेको छ। रन्जित रेका ठाउँमा दिल्लीले केही समयमै अर्को प्रतिनिधि पठायो भने आश्चर्य हुनेछैन। त्यसो त नेपाललाई नियन्त्रणमा राख्ने रअ समेत असफल भएकोले भाजपा सरकारले दिदै आएको आर्थिक चलखेल रोकिएको बताइन्छ।