Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

हत्यारा छुटे, अन्यायमा आमा

१५ मंगलबार , पौष २०७११२ बर्ष अगाडि

गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा आरोपित रामप्रसाद शनिवार पक्राउ परे, गंगामायाले न्याय पाउने गल्ला गरियो तर भोलिपल्टै एमाओवादीको दबाबमा न्यायाधीश विनोदमोहन आचार्यले २७ हजार धरौटीमा उनलाई छुट्ने अवसर दिए। पहिले पनि प्रमाण पुगेन भनेर उनीविरुद्ध सरकारी वकिलले नै मुद्दा दर्ता गर्न मानेका थिएनन्। यी आमा अहिले पनि वीर अस्पतालको शैयाबाट न्याय मागिरहेकी छिन्। नेपालको कानुन न्याय दिन समर्थ छैन।