Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सुन्तली बलात्कार काण्ड कालो कलंक

३० सोमबार , चैत्र २०७१११ बर्ष अगाडि

आफ्नै फोर्सका हाकिमहरुको सामुहिक बलात्कारको सिकार भएकी हवल्दार सुन्तली धामीलाई न्याय दिलाउन सकेनन् आइजीपी उपेन्द्रकान्त अर्यालले। सुन्तली धामी घाउ कोट्याउन मन छैन भन्छिन् तर नेपाल प्रहरीभित्र अछाममा दसैंका दिन भएको यो बलात्कार काण्ड कालो कलंक भएर छाप लागेको छ। यो बलात्कार काण्डलाई कानुनी उपचारको निर्णयमा पुर्‍याउन नसक्नु आइजीपी अर्यालको जीवनकै असफलता पनि हो। सुन्तलीले जतिसुकै मन बाँधे पनि उनको मन र मानसिक तनावले उनी बेला बेलामा बिक्षिप्त हुने गरेको उनका संगाती बताउँछन्। त्यसमाथि सुन्तलीकै कथामा आधारित सिनेमा समेत बजारमा आइसक्यो। यसबाट पनि सुन्तलीलाई भन्दा नेपाल प्रहरी फोर्सलाई बढी बिझाउनु पर्ने हो। संवेदनहीन भएकाले हो कि नेपाल प्रहरी सत्य सेवा सुरक्षणम् भन्दा पनि लाज पचाउने संस्थाका रुपमा देखिन थालेको छ। हवलदार सुन्तलीले आफूलाई थाहै नदिई सिनेमा बनेकोमा आपत्ति प्रकट गर्दै पीडावोध भएको अभिव्यक्ति गतहप्ता प्रचारमा आएको छ। यही सन्दर्भमा उनले भनेकी छिन्: मेरो कथाव्यथा मलाईमात्र थाहा छ। उनले फिल्मको बिरोध चाहिं गरिनन्।