Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

उत्तराधिकारी सुजाता कोइराला

१८ शुक्रबार , पौष २०७१११ बर्ष अगाडि

सुशीलपछि भने कोइराला परिवारको विरासत थामिने हो वा होइन? उत्तराधिकारीको अभावमा विरासतको अनिश्चितता भएको छ । सुजाता कोइराला, शशांक कोइराला र शेखर कोइराला अहिले नेतृत्वको दौडमा छन् । तीनैजना वर्तमान सरकारमा छैनन् । अहिले डा. शशांक कोइराला मात्र सुशीलसँग नजिक छन् । सुजाता कोइराला गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् । उनलाई गिरिजाप्रसाद कोइरालाले नै केन्द्रीय सदस्य बनाएका थिए । सुजातालाई पार्टीको महामन्त्री बनाउने सुशीलले आश्वासन दिए तर, कृष्णप्रसाद सिटौलालाई महामन्त्री बनाए । त्यही कारण सुजाता र सुशीलको सम्बन्ध बिग्रिएको थियो । सार्क सम्मेलनमा प्रथम महिलाको दर्जा दिएपछि सम्बन्ध सुध्रिएको छ ।