Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

बैठक अवरुद्ध पारिन्छ

२३ सोमबार , चैत्र २०७१११ बर्ष अगाडि

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीलाई भेटेर एमाओवादी र मधेसी मोर्चा संलग्न नहुादा संविधान निर्माणको प्रक्रिया सुरु भयो भने संविधान बन्न सक्दैन, बनिहाल्यो भने चल्न सक्दैन भन्ने सुझाव दिएका छन्। उनले सडकमा जे बोले,

प्रधानमन्त्रीलाई त्यही सुझाएका छन्। सर्वदलीय बैठक बोलाउ, राजनीतिक अवरोधको निकास संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुको सर्वदलीय बैठकबाट निस्कन सक्छ। यही बैठकले संविधानका अन्तरवस्तु र प्रक्रियाको निर्धारण पनि

गर्नेछ। राप्रपा नेपालका अध्यक्ष कमले थापाले धर्मनिरपेक्षता, संवैधानिक राजसंस्था र संघीयताका विषयमा प्रश्न उठाउन दिइएन भने संविधानसभाका बैठक अवरुद्ध पारिने चेतावनी पनि दिएका छन्। राप्रपा र राप्रपा नेपाल एकीकृत हुने वार्ता

भइरहेको छ। एकीकृत भइदियो भने यो शक्ति निर्णायक हुनसक्छ।