Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

रुन्चे अर्थमन्त्रीका लाछी कुरा

२६ सोमबार , कार्तिक २०७५८ बर्ष अगाडि

मान्छेको ढाड बलियो भएन भने कुप्रो हुन्छ, यसकारण उखान पनि छ, ढाडमा हाड छ भने गरेर देखाउ । हाम्रा अर्थमन्त्री युवराज खतिवडा काविल अर्थविद मानिन्छन्, तर उनलाई नेकपाले यसरी घेराउ गरेको छ कि उनी अर्थतन्त्र मजबुत पार्न कुनै राम्रो निर्णय गर्नै सक्दैनन् । देशको अर्थतन्त्रको निर्णय गर्नुपर्ने व्यक्ति नेकपाका नेता कार्यकर्ताको बसमा पर्नुपरेको छ, काम गर्नुपरेको छ, अनि कसरी देशको अर्थतन्त्र मजबुत हुन्छ । त्यसै अर्थविद मदन कुमार दाहालले प्रश्न गरेका होइनन्– विगत ७ दशक देखि आज सम्म ७ वटा संविधान कार्यान्वयनस न प्रजातन्त्र चिरस्थायी भयोस न त आशातित रूपमा आर्थिक विकास भयो, यसको उपचार के ?
केही दिनअघि झापा पुगेका अर्थमन्त्री अर्थमन्त्री डा. युवराज खतिवडाले बोल्दा बोल्दै उनको जिब्रो लप्टन भएछ, असली कुरो निस्किहाल्यो–  धनिमानीले नै कोषको रकम कसरी लिन सकिन्छ भनेर सहकारी बनाए अनि रकम लिए, आफन्तलाई बाँडेर दुरुपयोग गरे, यसलाई कहाँबाट चुक्कुल लगाउने सोचेरै कर्जा सम्बन्धि विभिन्न नियम सरकारले ल्याउन लागेको छ । अव कडाइ हुन्छ ।
स्वरोजगार कोष, युवा कोषदेखि लिएर साझा सहकारी कोषसम्मको दुरुपयोग गर्ने धनीमानी पार्टीका नेता कार्यकर्ताले राष्ट्रिय पुनर्निमाण प्राधिकरणको रकमलाई समेत छाडेनन् । गरीवको झुप्रो बनाउन विदेशीले दिएका दानमा लामो हात गर्नेले युवराज खतिवडाले बनाएको कडा नियममा बस्लान् र ? यिनले ढोकामा चुक्कुल ठोके भने पार्टीका प्रभावशाली नेता र तिनका कार्यकर्ताले ढोका फोड्नेछन्, अथवा झ्यालबाट फाल हालेर राष्ट्रिय साधनस्रोतको दोहन गर्नेछन् । यो कुरा अर्थमन्त्रीलाई थाहा छ, त्यसैले उनलाई जागीर बचाउनै धौधौ छ । नेकपाका कडा कार्यकर्ताका सामु यी स्वभावैले सरल मन्त्री कतिदिन टिक्लान् ?