धर्मरत्न श्रेष्ठ
हाम्रा नेताहरुले भारतका विदेश सचिवलाई गुहार लगाएर एकदोस्राप्रति आरोप प्रत्यारोप लगाएको दृश्य कस्तो होला? देखियो, त्यो भद्दा दृश्य पनि देखियो। हाम्रा नेताहरुले हैसियत बिर्सेर एकदोस्रालाई सम्झाईदिन गुहार लगाएको देखियो। नेताहरुले
उभिएको धरातल बिर्सिएपछि के लाग्छ? भारतीय विदेश सचिवले नेपाल भ्रमण त गरे तर राजनीतिक रङ् देखाउन पछि परेनन्। 'छिमेकी पहिलो' भारतको विदेशनीतिको यो मन्त्र हो। यो मन्त्र र 'नेपालमा जारी स्थिरता एवं लोकतन्त्रलाई देख्न भारतको
इच्छा छ' भन्ने आवरणमा उनले राजनीतिक दलहरुलाई सहमतिको महत्व सम्झाउादै दिव्य ज्ञान दिएर गएका छन्। खासगरी सभाध्यक्षले २३ गते सुरु गर्ने संवैधानिक प्रक्रियामा धक्का दिन उनैलाई भेटेर सहमतिको महत्व सम्झाउनु अर्थपूर्ण मानिएको
छ। र, उनले मधेसी नेताहरुलाई भेटेर जुन गुप्तगु गरे, त्यो त झनै अर्थपूर्ण ठानिएको छ। किनभने कहाा अतिवादी मानिएको माओवादी, कहाा दक्षिणपन्थी मधेसवादी, यतिखेर उत्तर र दक्षिण ध्रुवका यी दुबै खेमा मोर्चावद्ध भएर सहमतिको अर्थहीन बिन
बजाइरहेका छन्।
भारतका विदेश सचिव डा.सुब्रमण्यम जयशंकरको चैत १९ र २० को भ्रमण सम्पन्न भइसकेको छ। उनले सुरक्षा परिषदमा भारतले उमेदवारी दिने भएकाले नेपालको मत भारतलाई चाहियो भन्ने प्रस्ताव गरे, नेपालले नाइनास्ती गर्ने हैसियत राख्ने नै थिएन,
गरेन। नेपालको मत भारतलाई दिने पक्का भयो। पक्का गरेर जयशंकर फर्किए। भारत खुशी भयो, हाम्रा नेताहरु त्यसै दङ्ग छन्। भारतका परराष्ट्र सचिवले राजनीति गर्न भुलेनन्। उनले राष्ट्रपति, प्रधानमन्त्री,, परराष्ट्र मन्त्री, सचिव, ठूला सत्ताधारी र
प्रतिपक्ष सबै नेताहरुलाई भेटे र संविधान सहमतिमै बन्दा राम्रो भन्ने निर्देशन गरेर गए। यद्यपि भारतले पहिले पनि भनिसकेको छ– मतादेश र जनादेश मिलाएर संविधान बनाउने बेश। अंकगणितको खेलले राजनीतिक सहमतिलाई बिगार्छ।
बिगारिरहेकै छ। सार्कमा आउादा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सहमति भनिसकेपछि सत्ताधारीको दुई तिहाई लौरो न हतियार हुनु स्वभाविक थियो, प्रतिपक्षीको आत्मबल बढ्नु थियो। त्यस्तै भइरहेको छ। भारतकै निर्देशनका कारण संविधानमा
प्रक्रिया कि सहमति? अनिश्चिततामा अड्किएको माखेसांग्लो अड्किरहेकै छ। गद्गद भएका भारतका परराष्ट्र सचिव जयशंकरले राष्ट्रपति, प्रधानमन्त्री, सभाध्यक्षलाई भारत भ्रमणको निम्तो दिन भुलेनन्। र, दुबै मुलुकका पारस्परिक लाभका योजना
कार्यान्वयन गर्न सक्रिय हुन आग्रह पनि गरिदिए।


