राजाले एकताको सुत्रमा बाँधेको हो यो देश। देश, अनि राज्यबाट राष्ट्र नेपाल, नेपाल भन्ने देश बनेकै इतिहासको आधार अनि प्रमाणहरु छन्। वैदिक अनि उपनिषदकालमा नै हाम्रो देश बनेको प्रमाणहरु हामी पाउँछौं। समाजबाट राज्यको संरचना हुने
बेलादेखि नै हाम्रो देश स्थापित भइसकेको भन्न हामीले हिचकिचाउनु पर्दैन। विश्वका प्राचीन देशहरुमध्ये नेपाल पनि एक हो। कुनै सिर्जित नयाँ होइन, ऐतिहासिक देश हो नेपाल। यो देश बनाउन प्रथमत? किरातेश्वर महादेव नै भएको पुराणका
प्रमाणहरु छन्। वेदका रचयिता वेदव्यापको जन्मभूमि र बाल्मिकी रामायणका रचयिता ऋषि वाल्मिकीको कर्मभूमि पनि यही भूमि हो। राजा विराटको राजधानी विराटनगर हो भने राजर्षि जनकको राजधानी नि यही देशमा छ। आधुनिक युग हेर्दा
बुद्धको पालामा समेत कपिलवस्तु भनेर नेपालको वर्णन पाइन्छ भने बुद्धधर्मका प्रवर्द्धक शिद्धार्थ गौतमको जन्मथलो पनि यही देश हो। चक्रवर्ती सम्राट अशोकले लुम्बिनी आएर हिंसा त्याग र बुद्धधर्म स्वीकार गरेको प्रमाण अशोक स्तम्भ हो। नेपाल राष्ट्र
उसैबेलादेखि नै तत्कालीन सभ्यताअनुसार राजाहरुबाटैसञ्चालन अनि शासन भइआएको देखिन्छ। जसलाई पृथ्वीनारायण शाहले एकीकृत गरिदिए।
शासक असल भएको समयमा सुशासन भयो, सभ्यताको विकास भयो भने शासक कमसल भएको बेलामा कुशासन भएको छ। कुन बेलामा कस्ता शासक थिए भनेर अहिलेका शासकबर्गको मूल्यांकन गर्नु अघि बढ्नु हुनसक्दैन। वर्तमान कालखण्ड
महत्वपूर्ण छ र असल काम गर्ने समय यही हो। हाम्रो हातमा हिजो थिएन, भोलि पनि हुनेछैन। हाम्रो हातमा सिर्फ वर्तमान समय छ। हामीले जे अठोट गरेका छौं, ती कार्यहरु अहिले नै गर्नुपर्दछ। तत्कालीन बेलामा राजाहरुले राम्रा काम गरेकाले नै
नेपाल स्वतन्त्र राष्ट्रका रुपमा खडा छ। होला, अनेकन गलत कार्यहरु पनि भए होलान्, अव जिम्मेवारी हाम्रो काँधमा छ, यो राष्ट्रको स्वाधीनता र सार्वभौमिकताको सुरक्षा गर्दै उज्ज्वल पार्ने। हो, अलिक अघि राक्षसबाट, अलिक पछि विदेशी आक्रमण र
घूसपैठबाट नेपालले धेरै नोक्सानीहरु सहेको छ। अहिले पनि परिवर्तित रुपमा राक्षसी र घूसपैठियाबाट देश छिया छिया भएको देखिन्छ। तत्कालीन बेलामा जेसुकै भएको होस्, शिक्षा लिउँ र वर्तमानकालमा राष्ट्रलाई सवल पार्न सोचौं, गर्नु यही छ। राजा
निरंकूश भनेर किनारा लगाएर गणतन्त्र ल्याइसक्यौं। ४० अर्व र महत्वपूर्ण समय खर्च गर्दा पनि नयाँ संविधान बनाउन सकेनौं। गणतन्त्रमा सबै समान हुन्छन् भन्ने थाहा पाई पाई अरुको हक लुट्न उद्दत भएका छौं, के भन्नु? सहमति भन्छन्, केमा
सहमति बुँदा प्रष्ट भन्दैनन्। सहमतिमा ध्यानै नदिने र आन्दोलन गर्ने अरे। कसको विरुद्धमा आन्दोलन हो यो? जनता बुझ्न चाहिरहेका छन्, बुझाउने जिम्मेवारी आन्दोलनकारीहरुले पूरा गर्न सकेका छैनन्। गैह्रजिम्मेवार बनेका छन्।


