Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

आँखामा फूलो परेको हो ?

१५ सोमबार , आश्विन २०७५८ बर्ष अगाडि

गोविन्दप्रसाद पौडेल -
संविधान सबैले स्वीकार गरिरसकेका छन्, यो अभिव्यक्ति हो पूर्वसभामुख सुवास नेम्वाङ्को । उनको भनाईमा ९० प्रतिशत संसद्ले हस्ताक्षर गरेको नेपालको संविधान रहेकाले यो संसारकै शक्तिशाली संविधान हो । कति शक्तिशाली संविधान रहेछ, सही गर्ने पार्टी र सांसदले नै संविधान मान्दैनन्, जुन संविधानको सपथ खाए, तिनैले असोज ३ गते कालो संविधान भनेर सडकमा निस्किए, संविधानमा आगो लगाएको पनि देखियो । नेम्वाङजीको आँखामा फुलो त परेन ?
राजपाका नेता महन्थ ठाकुरले आफूलाई संसद्को शपथ खुवाएको हो भन्दै अहिले संविधान सबैले स्वीकार गरिरसकेको नेम्वाङले जानकारी गराएका छन् तर तिनै महन्थ ठाकुरले संविधान संशोधन हुन्न भने मधेश नेपालसँग रहदैन भनेर मधेश नेपाल होइन भन्ने सीके राउतसँग लोलीमा लोली मिलाइसके त ? यसैवीच सीके लालजस्ता डलर लेखकहरुले त मधेश नेपालमा टाँस्सिएर किन बसिरहने भनेर लेखिरहेका छन् र मधेशमा बिखण्डनको आगो बालिसकेका छन् । सुवास नेम्वाङ यी सब घटनाहरु देख्दैनन्, हेर्दैनन् कि कसो ? हुन त साउनमा आँखा फुटेको गोरु सधैं हरियो देख्छ भन्ने उखान छ । उखाने सरकार र उखाने चाल ।