Advertisement Banner
Advertisement Banner

३० शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

ओलीले बोलेको पहिलो सत्य

०१ सोमबार , आश्विन २०७५७ बर्ष अगाडि

पदम हमाल -
संविधान जारी भयो, कार्यान्वयन हुनथालेको छ तर राष्ट्रिय समस्याहरु अनेक छन् । ठूलो समस्या हिन्दुराष्ट्र र राजतन्त्रवादको छ । संविधान वाहिर विप्लव र बैद्यहरु पनि संघर्ष गरिरहेका छन् । संविधान मानिन्न भन्नेहरु मधेशवादी छन्, सीके राउत र उनलाई संरक्षण गर्नेहरु त मधेश अलग देश बनाउने षडयन्त्रमा समेत लागिरहेका छन् । जबसम्म राष्ट्रिय समस्याहरु संवोधन हुँदैनन्, तवसम्म बिखण्डनवादीहरुसँग सरकार एक्लैले लड्न सक्दैन । राष्ट्रियताका लागि सबै एक ठाउँमा उभिनुपर्छ भने राष्ट्रिय समस्या समाधान गर्न सरकार तैयार हुनुपर्छ ।
यही सन्दर्भमा प्रधानमन्त्रीले हालैका दिनमा बोलेका कुरा गम्भीर छन् । प्रधानमन्त्री केपी ओलीले बल्ल भने– ‘हिन्दू राज्यको पनि माग उठेको छ, मधेशका लागि मात्र किन संविधान संशोधन गर्ने ?’ यो अभिव्यक्तिले हिन्दुराज्यको विषयमा सरकार अवगत रहेछ भन्ने प्रष्ट भएको छ । हिन्दुहरुले शान्त आवाज उठाएका छन्, यो शान्त आवाज कति शक्तिशाली रहेछ, भदौ २७ गते बुधवारको प्रधानमन्त्रीको अभिव्यक्तिले प्रष्ट भयो । आफ्नो आवाज सरकारलाई सुनाउन सडक जाम, नारावाजी गरेर टायर नै बाल्नुपर्छ, बन्द आह्वान गर्नुपर्छ भन्ने होइन रहेछ । सरकार नागरिक आवाजप्रति चनाखो रहेछ भन्ने अनुभव भयो ।
प्रधानमन्त्रीले ‘अहिले धर्मर्िनरपक्षेताको विकल्पमा हिन्दू सनातन धर्मको माग पनि उठिरहेको छ । संविधानमा केही समूहको माग मात्रै संशोधन गर्ने प्रक्रियाले अरु दलको मागलाई पनि उपेक्षा गुर्न हुँदैन’ भन्दै ‘संसदबाट बहुमतले पारित भएको संविधान कसैलाई चित्त नबुझ्दैमा संशोधन गर्नुपर्ने बाध्यता छैन ।’ यतिमात्र होइन भारततिर इंगित गर्दै कसैले भनेको भरमा संविधान संशोधन हुन्न । संविधान संशोधनको नाममा देश बिखण्डनतिर पनि जानसक्छ । हामी षडयन्त्र मान्दैनौं ।
षडयन्त्र मान्नु पनि हुन्न । कसरी राष्ट्रिय एकता कायम हुनसक्छ, त्यसतिर सरकारको ध्यान जानुपर्छ । यसैम समृद्धि र सुशासन अन्तर्निहित पनि हुनेछ । अव पनि अस्थिरताका लागि चलखेल हुन्छ र समस्यामा रहेको संविधानलाई पुरै दुर्घटनाग्रस्त पार्न देशी विदेशी तत्व लागिपर्छन् भने सरकारको ध्यान जानैपर्छ ।